कोशीमा जनताको गुनासो सुन्न हेल्लो सीएम सुरु

कोशीमा जनताको गुनासो सुन्न हेल्लो सीएम सुरु

केन्द्रबिन्दु
84
Shares

विराट्नगर । कोशी प्रदेश सरकारले बिहीबारदेखि जनताको गुनासो सुन्नका लागि हेल्लो सीएम सुरु गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हेल्लो सीएम सेवाको सुरुवात गरेका हुन् ।

गुनासो व्यवस्थापनका लागि छुट्टै कक्ष राखी २४ सै घण्टा जनताको गुनासो सुन्न सकिने गरी व्यवस्थापन गर्न यो सेवाको सुरुवात गरिएको छ । प्रदेश सुशासन ऐन २०७६ अनुसार हेल्लो सीएम सुरु गरिएको हो ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो सुरुवातले शासकीय सुधारमा सहयोग पुग्ने बताए । प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले यो सेवाले थप सुशासन वृद्धि हुने बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छुट्टै कक्ष निर्माण गरी कर्मचारीको समेत व्यवस्थापन गरेर हेल्लो सीएम सञ्चालनमा ल्याइएको हो । कोशी प्रदेश सरकारसँग भएका गुनासा वा अन्य सहयोगका लागि टोल फ्रि नम्बर १६६०२१५२००२ मा फोन गर्न सकिने छ ।

Logo