कञ्चनपुरमा फोटोकपी सञ्चालक श्याम भट्ट मृत फेला

कञ्चनपुरमा फोटोकपी सञ्चालक श्याम भट्ट मृत फेला

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर । महेन्द्रनगरमा सञ्चालित प्रभात फोटोकपीका सञ्चालक श्याम भट्ट मृत फेला परेका छन् । चैत्र ९ गतेबाट हराईरहेका भट्टको शव महाकाली नदि किनार भारततर्फ फेला परेको हो । उनी ब्रम्हदेवबाट हटाएका थिए ।

उनको शव मंगलबार राती भारतीय सहर टनकपुरस्थित महाकाली नदि किनारमा फेला परेको कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए ।

खोजी गर्ने क्रममा मंगलबार राति महाकाली नदि किनारमा फेला परेको डिएसपी विष्टको भनाई छ । उनको शव पोष्टमार्टमको लागि टनकपरस्थित सरकारी अस्पतालमा राखिएको छ ।

पोष्टमार्टम रिपोर्टपछि मात्रै घटनाबारे यर्थात जानकारी आउने डिएसपी विष्टले जानकारी दिए । परिवारका सदस्यहरु र नेपाल प्रहरीको टोली टनकपुर गएको छ ।

घटनाबारे भारतीय प्रहरीले नै थप अनुसन्धान गर्ने र नेपाल प्रहरीले सहयोग तथा समन्वय गर्ने डिएसपी विष्टले बताए । शव भारतमा फेला परेकाले पनि भारतीय प्रहरीलेनै अनुसन्धान गर्ने उनको भनाई छ । भट्ट महेन्द्रनगर बजारको पाँच नम्बर गल्लीमा विगत लामो समयदेखि फोटोकपी व्यवसाय गर्दै आएका थिए ।

Logo