ट्रकको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती र छोरा घाइते

ट्रकको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती र छोरा घाइते

केन्द्रबिन्दु
0
Shares

चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको खैरहनी नगरपालिका– १ ज्यामिरेमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर दुई जना घाइते भएका छन् ।

मंगलबार बिहान पूर्वबाट आइरहेको ना४ख ९९८१ नं. को ट्रकले विपरीत दिशामा गइरहेको ग१४प ५५७२ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिन्धुलीको जुगेडी नगरपालिका–८ का ४० वर्षीय होमबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार मृतक होमबहादुरकी ३० वर्षीया श्रीमती कोमली मगर र आठ वर्षीय छोरा लीलाबहादुर पुलामी घाइते भएका छन् । उनीहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेज (सिएमएस) मा उपचार भइरहेको चितवन प्रहरी प्रमुख सुशीलसिंह राठौरले जानकारी दिए । ठक्कर दिने ट्रकका चालक ट्रकसहित फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

Logo