आर्थिक अभावमा श्रीमानको किड्नी प्रत्यारोपण गर्न समस्या (भिडियोमा)

आर्थिक अभावमा श्रीमानको किड्नी प्रत्यारोपण गर्न समस्या (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

  • कृष्णसिंह धामी ।

काठमाडौं । काठमाडौं महानगरपालिका–८ जयबागेश्वरीका ३३ वर्षीय गणेश संगत २ वर्षदेखि थला परेका छन् । किड्नीमा र मुटुमा समस्या आएपछि उनी विगत २ वर्षेदखि थला परेका हुन् । उनको किड्नी प्रत्यारोपण गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् । तर आर्थिक अभावमा अहिलेसम्म प्रत्यारोपण गर्न सकिएको छैन् ।

उनको श्रीमती लिला संगतले किड्नी दिने भएकी छन् । त्यसको लागि करिब १५ लाख रुपैयाँ खर्च लाग्नेछ । तर आर्थिक अभावमा विगत २ वर्षदेखि रोग पालेका बसेका छन् । उपचारको क्रममा अहिलेसम्म २५ लाख भन्दा बढी खर्च भईसकेको र अझै १५ लाख रुपैयाँ खर्च लाग्ने भएपछि उनीहरुको परिवारले अझै प्रत्यारोपण गर्न सकिरहेको छैन् ।

श्रीमतीले किड्नी दिन तयार भएपनि रगत पनि इन्फेक्सन देखिएपछि प्रत्यारोपणको काम रोकिएको थियो । मुटुको भल्बमा समस्या देखिएपछि उनको किड्नीको उपचारभन्दा पहिला मुटुको उपचारलाई प्राथमिकता दिईयो । अहिले मुटुको समस्या त ठिक भयो । डाक्टरहरुले अहिले सबै रिपोर्ट ठिक भएको र प्रत्यारोपण गर्न सुझाव दिईरहेका छन् । तर आर्थिक अभावमा घरमै बसिरहेको गणेशका श्रीमती लिलाले बताईन् ।

‘जति बेला पनि अस्पताल जाँदा सबै रिपोर्ट नर्मल छ भन्छन । तर आफुसँगै त्यो १४ लाख रुपैयाँ कहाँबाट ल्याउने । अहिलेसम्म पनि २५ लाख जति खर्च भईसक्यो । त्यो सबै आर्थिक सहयागकै भरमा उपचार गरियो । अब कसरी गर्ने हिम्मत नै आईरहेको छैन्’ निरास मुद्रामा देखिएकी लिलाले भनिन् । उनले आफ्नो श्रीमानको ज्यान बचाउँदिन अनुरोध गरेकी छन् ।

आर्थिक सहयोथको लागि सम्पर्क नम्बरः ९८२३२५७६४३
बैंक खाता नम्बरः
लिला संगत
नेपाल इन्भेष्टमेन्ट बैंकः ०१९०५०८०२१७२४८

Logo