होलीकै दिन अप्रिय घटनाः सवारी दुर्घटनामा एक जनाको मृत्यु

होलीकै दिन अप्रिय घटनाः सवारी दुर्घटनामा एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

धादिङ । मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । होली मनाउन पोखरा जाने क्रममा धादिङको बेनिघाटमा मोटरसाइकल दुर्घटना हुँदा पोखरा महानगरपालिका–२३ का २० वर्षीय दीपक पुन मगरको मृत्यु भएको हो ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग १३ प ८०८५ नम्बरको मोटरसाइकल र हेटौँडाबाट काठमाडौंतर्फ आउँदैं गरेको ना ६ ख ४११४ नम्बरको ट्रक बेनिघाटरोराङ गाउँपालिका–५ बेनिघाट गोमती पुलमा एकापसमा ठोक्किएका थिए । दुर्घटनामा दीपक घाइते भएका थिए । उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङको सञ्चारकक्षले दिएको जानकारी अनुसार दुर्घटनामा सोही ठाउँका मोटरसाइकल चालक २१ वर्षीय सुरज अधिकारी पनि घाइते भएका छन् । उनको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

Logo