रातो सारीमा नारीसँगै सजिएको पशुपति [फोटोफिचर]

रातो सारीमा नारीसँगै सजिएको पशुपति [फोटोफिचर]

केन्द्रबिन्दु
336
Shares

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा हरितालिका तीजको रौनक आज निकै विशेष किसिमको छ । हजारौं संख्यामा महिला रातो सारीमा सजिएर पशुपति पुग्दाको त्यो माहोलले निकै पृथक बनाएको छ ।

आफ्नो परिवारको सु-स्वास्थ्यको कामना र भावी दिनमा राम्रो होस् भन्ने कामना गर्दै तीजको अवसरमा व्रत बसी पूजाको लागि पशुपति मन्दिर पुगेका छन् । हिन्दू महिलाहरुको लागि निकै ठूलो चाडको रूपमा हरितालिका तीज लिइन्छ । तीजमा शिवको पूजा गरिने भएकाले पशुपतिमा मात्र नभई देशभरका शिव मन्दिरमा भक्तजनको घुइँचो छ । उमेर पुगेका युवतीहरू भविष्यमा शिव जस्तै पति पाइयोस् भन्ने आस्था राख्दै व्रत बसी शिवालयमा पुगेका छन् ।

व्रत बसेका महिलाले मन्दिर पुगी पूजा गरी मदिर परिसरमै तीजका गीत गाउँदै नाच्नुले त्यहाँको रौनक निकै रोमाञ्चक बनेको छ । बिहान सिमसिम पानी परेयता पनि रुझ्दै तीजको खुसी साट्दै श्रद्धालु रमेका थिए । अहिले पशुपतिमा भक्तजनको चाप बढ्दै गएपछि लाइन बसेर मन्दिर दर्शन गरिरहेका छन् ।

तस्विरः रामकुमार थापा/केन्द्रबिन्दु

Skip This
Skip This
Logo