यो वर्षको तीज पनि ड्युटीमै बित्यो…

यो वर्षको तीज पनि ड्युटीमै बित्यो…

केन्द्रबिन्दु
210
Shares

आज हिन्दू नारीहरुको महान् चाड हरितालिका तीज पर्व । रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिलाहरुको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भीड लागेको छ । बिहान केही समय वर्षाले दर्शनार्थी प्रभावित भए पनि अहिले सहज रूपमा दर्शन एवं पूजा आराधना गरिरहेका छन् । साथै ब्रतालु महिलाहरुले तीजका भाका गाउँदै र नाच्दै गर्दा मन्दिर परिसर गुञ्जयमान भएको छ । तर, त्यही भीडलाई सुरक्षा दिनका लागि निलो ड्रेसमा खटिरहेका छन् सयौं महिला सुरक्षाकर्मी । उनीहरुले तीजको रौनक देखेका छन्, तर अनुभव गर्न पाएका छैनन् । उनीहरुका अनुसार कार्यव्यस्तताले गर्दा आनन्दले साथीभाईसँग तीज नमनाएको धेरै वर्ष भयो । उनीहरुको तीज आजका लागि त्यही ड्युटी नै हो ।

तस्विरः रामकुमार थापा/केन्द्रबिन्दु

Skip This
Skip This
Logo