संस्कृति हाम्रो समाजको प्राण होः पर्यटनमन्त्री पाण्डे

संस्कृति हाम्रो समाजको प्राण होः पर्यटनमन्त्री पाण्डे

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति समाजको प्राण भएको बताएका छन् ।

हरितालिका तीजको अवसरमा शुक्रबार पशुपतिनाथ मन्दिर क्षेत्रको स्थलगत अनुगमन गर्ने क्रममा सञ्चारकर्मीहरूसँग प्रतिक्रियामा मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । उनले भने, ‘धार्मिक पर्यटन प्रवर्द्धनका लागि संस्कृति महत्वपूर्ण विषय हो । यो हाम्रो समाजको प्राण पनि हो । संस्कृति पक्षलाई बलियो बनाउनु भनेको समाज बलियो हुनु हो।’

उनले हरितालिका तीजको अवसरमा पशुपतिनाथको दर्शन गर्न आएका महिला भक्तजनहरूसँग समेत त्यहाँको व्यबस्थापनका बारेमा बुझेको र भक्तजनहरूले लामो लाईन नलागी नै दर्शन गर्न पाएकोमा खुसी ब्यक्त गरेका थिए ।

Skip This
Skip This
Logo