अट्वारी पर्व मनाउँदै थारू समुदाय

अट्वारी पर्व मनाउँदै थारू समुदाय

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । आज थारू समुदायले अट्वारी पर्व मनाउँदै छन् । यस पर्वमा थारू समुदायका पुरुषहरू ब्रत बस्ने चलन छ ।

हरितालिका तीजपछिको शनिबार मध्यरातमा दर (भिन्सर्या) खाएर अट्वारी ब्रतको तयारी सुरु हुन्छ । यो पर्व दुई दिनसम्म मनाइन्छ । द्वापर युगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एक जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आज दिनभरि भीमको नाममा ब्रत बस्ने र पूजाआजा गर्ने चलन छ। यस्तै भीमले थारू राजा दंगीशरणलाई युद्धमा सहयोग गरेका कारण उनको पूजाआजा, ब्रत बस्ने चलन रहिआएको छ । दंगीशरण राजाले शत्रुमाथि विजय प्राप्त गरेकाले सोही दिनदेखि हरेक वर्ष भीमको पूजाआजा गर्ने चलन चलेको थारू समुदायको विश्वास छ।

अट्वारी पर्वमा दाजुभाइले दिदीबहिनीको रक्षाको कामना गर्दै पानी समेत नपिएर दिनभर निर्जल, निराहर ब्रत बस्ने गर्दछन् । ब्रत बसेका ब्रतालुहरूले फलफूललगायतका पकवान खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ ।

त्यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीको रूपमा उपहार दिने गरिन्छ । अट्वारी पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र नवलपरासी पश्चिममा सार्वजनिक बिदा दिएको छ ।

Skip This
Skip This
Logo