मार्मिक तस्बिरः ज्यान बचाउँन बाबुलाई स्तनपान गराउँदै छोरी

मार्मिक तस्बिरः ज्यान बचाउँन बाबुलाई स्तनपान गराउँदै छोरी

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । यो तस्बिर हेर्दा तपाईको दिमागमा धेरै नकारात्मक विचार पैदा भएको हुनसक्छ । झट्ट् हेर्दा यसले सबैको विचारमा नकारात्मकता नै पैदा गर्दछ । तर यसको वास्तविकता बुझेपछि तपाईको आँखामा आँशु पाउनुहुनेछ ।

एक युरोपेली देशमा एक वृद्ध मानिसलाई भोका मृत्युको सजाय दिइएको थियो । उसलाई एक जेलमा बन्द गरियो, सजाय यस्तो थियो कि जबसम्म उसको मृत्यु हुदैन तब सम्म उसलाई भोकै राख्ने । उसले भोको पेट कैद सजाय कष्टसाथ गुजारिरहेको थियो ।

त्यसैक्रममा छोरीले आफ्नो बाबुसँग भेट्नको लागि सरकारसँग अनुरोध गरिन् मृत्युभन्दा पहिलासम्म हरेक दिन र उनी हरेक दिन आफ्नो बाबूसँग भेट गर्न थालिन ।

अन्ततः सरकारले उनलाई भेट्ने अनुमति दियो । उनलाई भेट्ने स्वीकृति दिनु भन्दा पूर्व उनको खोजतलास हुने गथ्र्यो । कुनै खाने सामाग्री लैजान बन्देज थियो । उनले बाबुको एकदमै दयनीय अवस्था देखिन् । उनले सहन गर्न सकिनन् ।

बाबुको त्यो हालत देखेर बाबुलाई जिउँदो राख्न आफ्नो दूध पिलाउन थालिन । जब धेरै दिन बितिसक्दा पनि त्यो मान्छे नमरेपछि जेलरहरु अचम्म परे, र त्यो केटीमाथि कडा निगरानी राख्न थाले ।

एक दिन बाबुलाई आफ्नो दुध पिलाउदै गर्दा उनी पक्राउ परिन् । पक्राउ गरे पछि उनीमाथि पनि मुद्दा चल्यो । सरकारले पूर्व फैसलाबाट हटेर भावनात्मक फैसला सुनायो । छोरीको निस्वार्थपनाले गर्दा अदालत भावनामा बग्न पुग्यो । अन्ततः उनीहरु दुबैलाई सम्मानका साथमा छाडिदियो ।

यसले एक महिला प्रेम र बलिदान दिन सक्छिन् । यो चित्रबाट महिला जीवनमा कहिले आमा, बहिनी, छोरी, पत्नी आदी हुनसक्छिन् भन्ने भाव दर्साउन खोजेको छ । यो पेन्टिङ यूरोपको सबैभन्दा महँगो पेन्टिङ हो । फोटो यूरोपको एक पेन्टर मुरीलोले बनाएका हुन । जुन चित्र अहिलेपनि संसारभर चर्चित छ ।

Logo