निर्मला प्रकरणः प्रहरीमाथि यस्तो दबाब, ‘दिलिप मेरो सालो हो कारवाही नगर्नु’

निर्मला प्रकरणः प्रहरीमाथि यस्तो दबाब, ‘दिलिप मेरो सालो हो कारवाही नगर्नु’

केन्द्रबिन्दु
0
Shares

कृष्णसिंह धामी

काठमाडौं । निर्मला पन्त प्रकरणले फेरि नयाँ मोड लिएको छ । बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको हत्या प्रकरणले नयाँ मोड लिएको हो । यतिबेला पहिलो अनुसन्धानमा संलग्न ८ प्रहरी अधिकारीले अदालति मुद्दा खेप्नुपरेको छ ।

प्रमाण नष्ट गरेको तथा अपराध कबुल गराउन चरम यातना दिएको अभियोगमा तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट, डिएसपी ज्ञानबहादुर सेठी, सीआईबीका डिएसपी अंगुर जिसी लगायतका ८ प्रहरीविरुद्द अदालतमा मुद्दा परेको हो । उनीहरुमध्ये ६ जना धरौटी तिरेर रिहा भएका छन् । बाँकी २ प्रहरी अधिकारी फरार छन् । उनीहरुविरुद्ध ३५ दिने सूचना जारी गरिएको छ ।

एकातिर प्रहरी अधिकारीहरु प्रमाण नष्ट गरेको तथा यातना दिएको अभियोगमा मुद्दा खेपिरहेका छन्, भने अर्कोतिर निर्मलाकी आमाले दिलिपसिंह विष्टमाथी नै फेरि शंका गर्न थालेकी छन् । घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेर पछि डिएनए नमिल्दा रिहा भएका दिलिपका पछिल्ला गतिविधि झन शंकास्पद हुन थालेका छन् । दिलिप यतिबेला निर्मलाको घर वरिपरि आउने, उनीहरुको परिवारलाई हेर्ने जस्ता शंकास्पद गतिविधि गर्दै आएका छन् ।

निर्मलाकी आमा दुर्गादेवीलाई दिलिपमाथी नै शंका लागेको छ । टेलिफान कुराकानीमा दुर्गादेविले भनिन्, ‘पक्कै दिलिप नै अपराधी हो भनेको होईन्, कि धेरैदिनदेखि यतातिर आईराख्छ । मेरो घरभन्दामाथि नहरतिर गएको देखिन्छ । आउँदा जाँदा पनि मेरो घरतिर नियालिरहन्छ । त्यहि भएर त्यो मान्छेमाथि शंका लागेको हो । त्यो नै दोषी हो भनेर भनेकी छैन् । ऊ पनि दोषी हुन सक्छ त्यो मेरो अनुमान हो । यो त प्रहरीले अनुसन्धान गरिरहेकै छ । त्यसबाट पत्ता लागिहाल्छ ।’

दुर्गादेविको आशंकालाई सहयोग मिल्ने खालको अर्को प्रमाण पनि फेला परेको छ । तत्कालिन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुखलाई दिलिपका आफन्तहरुबाट निकै दवाव दिईएको खुल्न आएको छ । उनलाई कारवाही नगर्न भन्दै दिलिपका आफन्तहरुले तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टमाथि त्यस्तो दवाव दिएका थिए ।

हामीलाई प्राप्त म्यासेज अनुसार दिलिपका भिनाजु तथा पत्रकार खेम भण्डारीले उनीमाथि कारवाही नगर्न प्रहरीलाई दवाव दिएको देखिन्छ । तत्कालिन कार्यालय प्रमुख हुँदा एसपी विष्टलाई पत्रकार भण्डारीले म्यासेज तथा फोन सम्पर्क गर्दै उनीमाथि कारवाही नगर्न दबाब दिएको खुल्न आएको हो ।

पत्रकार भण्डारीले एसपी विष्टलाई दिलिप मेरो सालो हो । त्यसलाई कारवाही नगर्नु भन्ने आशयको म्यासेज पठाएका थिए । २०७५ भाद्र ४ गते पठाएको म्यासेजमा ‘तपाईको जानकारीको लागि दिलिप मेरो सालो हो’ लेखिएको छ । प्रहरीले दिलिपलाई सार्वजनिक गरेकैदिन राति ७ बजेर ५६ मिनेटमा पत्रकार भण्डारीले एसपी विष्टलाई उक्त म्यासेज गरेका थिए ।

दिलिप विष्टका भिनाजु तथा पत्रकार खेम भण्डारीले तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टलाई पठाएको म्यासेज ।

यसअघि पनि उक्त घटना प्रकरणमा विभिन्न खाले म्यासेजहरु सार्वजनिक भएका थिए । ति म्यासेजहरुमा पनि निर्मला प्रकरणको अनुसन्धानलाई प्रभावित पार्ने तथा आन्दोलन झन चर्काउने आशयको भाव व्यक्त भएका थिए । विभिन्न व्यक्तिको नाममा गरिएको म्यासेजमा प्रहरी अधिकारी, नेपाली कांग्रेसका नेताहरुसँग सम्बाद गरिएको थियो । पछि ति म्यासेजबारे सम्बन्धित निकायले खण्डन समेत गरेको थियो ।

निर्मला काण्डः आन्दोलनकर्मीको कांग्रेस नेताहरुसँग यस्तो कनेक्सन

अपराध स्वीकार गर्दै दिलिपलाई सार्वजनिक गरेसँगै कञ्चनपुरमा आन्दोलन चर्किएको थियो । मानसिक सन्तुलन बिग्रिएका व्यक्तिलाई अपराधी बनाएको भन्दै आन्दोलन थालिएको थियो । चर्को आन्दोलनकैबीच दिलिपको डिएनए परीक्षण गरिएको थियो । उनको डिएनए निर्मला भेजाईनल स्वाईबसँग म्याच नखाएपछि रिहा भएका थिए । निर्मलाका अपराधी अझै पत्ता लाग्न सकेका छैनन् ।

अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी कृष्णराज ओझाले अहिलेसम्म कुनै ठोस प्रमाण फेला पर्न नसकेको तर अनुसन्धान जारी रहेको बताए । निर्मलाकी आमाले भनेजस्तै दिलिपमाथि विभिन्न कोणबाट अनुसन्धान भईरहेको छ । नियन्त्रणमा लिएर नभएपनि विभिन्न कोणबाट दिलिपमाथि अनुसन्धान भईरहेको डिएसपी ओझाको भनाई छ ।

दिलिप विष्टका परिवारको बयान पनि फेरियोः
दिलिपलाई पहिलो पटक पक्राउ गर्दा घर परिवारले निर्दोषलाई फसाउन खोजेको आरोप लगाएका थिए । कुनै केटी तथा महिलालाई देख्दा पनि त्रसिने मान्छेले उक्त अपराध गर्नै नसक्ने परिवारको दाबी थियो । महिलाहरुले दिएको सामानहरु पनि हातबाट नसमाउने मान्छेले कसरी त्यत्रो अपराध गर्न सक्छ भन्दै प्रश्न गर्दै आएका थिए । तर अहिले भने त्यसको ठिक उल्टो देखिएको छ ।

घर परिवारले पनि दिलिपको नियति राम्रो नभएको बताएका छन् । उनकी दिदिले पनि पहिल्यैदेखि महिला देख्नेविक्तिकै नराम्रो दृष्टिकोणले हेर्ने, झम्टिन खोज्ने लगायतका गतिविधि गर्दै आएको बताईन् । उनको परिवारबाटै विभिन्न थरीका कुरा आउन थालेपछि झन शंका पैदा भएको हो ।

निर्मला प्रकरणसम्बन्धी थप समाचार

निर्मला प्रकरणः ३१ लाख रुपैयाँ धरौटी बुझाएपछि ६ प्रहरी हिरासत मुक्त

निर्मला प्रकरणः एसपी दिल्लीराज र डिएसपी अंगुर जिसीविरुद्ध पक्राउ पूर्जी जारी

घरमै पुगेर निर्मलाकी आमालाई अधिकारकर्मीको धम्की ‘Exclusive video’

निर्मला काण्डः मानवअधिकार संगठनले गुपचुप प्रतिवेदन सच्यायो

निर्मला प्रकरणमा पत्रकार खेम भण्डारीसहित ३ जनाविरुद्ध मुद्दा

बम दिदिबहिनीलाई निर्मलाका ‘मतियारा’ भन्दै हिड्ने सावित्री अहिले उनीहरुकै पक्षमा

रोशनीकी दिदी भन्छिन्, ‘निर्मलालाई म राम्ररी चिन्दिन’ (भिडियोमा)

आयोगको प्रतिवेदनले निर्मला प्रकरणलाई नयाँ मोड दिन्छ ?

निर्मला पन्तका परिवारमा विवाद सुरु, दुर्गादेवीमाथि कुटपिट (भिडियोसहित)

निर्मलाका बाबु यज्ञराज किन मान्दैनन् रगत दिन ?

रगत जाँच गर्न दिएपछि निर्मलाका बुबाद्वारा दुर्गादेवीलाई दुर्व्यवहार

एसपी दिल्लीराज बिष्टले निर्मला प्रकरणमा उठाए १६ बुँदे माग

प्रदिप रावल भन्छन्, ‘निर्मलाको हत्या कबुल गराउन प्रहरीले पाईपले कुटे’

विशाल चौधरी भन्छन्, ‘निर्मलाको हत्या कबुल गराउन आँखामा कालो पट्टी बाधेर पिटे’

निर्मला काण्डः आन्दोलनकर्मीको कांग्रेस नेताहरुसँग यस्तो कनेक्सन

बलात्कारपछि बालिका हत्याको सर्वत्र विरोध

Logo