विवाहकै दिन छोरीले विवाह गर्न अस्वीकार गरेपछि आमा नै दुलही बनिन्

विवाहकै दिन छोरीले विवाह गर्न अस्वीकार गरेपछि आमा नै दुलही बनिन्

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । विवाहकै दिन छोरी दुलाहसँग विवाह गर्न नमानेपछि के होला ? एउटा कुरा विवाह क्यान्सिल होला, अर्को कुरा दुलहीको घरका कोही अरु छोरीमान्छे भए उनैलाई दुलहीको रुपमा मानिएला । तर भारतमा एउटा यस्तो घटना घटेको छ ।

विवाहकै दिन छोरी विवाह गर्न मानिन् । जन्ती घरमा आईसक्यो । अर्कोतिर छोरी विवाह गर्न इन्कार गर्न थालेपछि आपत पर्‍यो । अनि छोरीकी आमा नै दुहली बनिन् । भारतको उत्तर प्रदेशस्थित कानपूर जिल्लामा अधबैंसे दुलहालाई देखेपछि दुलहीले विवाह गर्न अस्विकार गरेकी थिईन् । दुलहीले दुलाहतर्फ माला फ्याँक्दै चिच्याउँदै भनिन्, ‘ममाथि धोका भयो ।’

दुलहीको यस्तो व्यवहार देखेपछि त्यहाँ उपस्थित पाहुना, जन्ती अचम्मित भए । त्यतिबेला आमाले छोरीलाई ठूलो दबाब दिइन् तर उनले मानिनन् ।

निकै सम्झाएपछि पनि जब छोरी मानिन् तब दुलहीकी आमा नै दुलाहसँग विवाह गरिन् । अनि आगरा गइन् । १७ वर्षीया दुलहीले यसै वर्ष १२ कक्षाको परीक्षा दिएकी छिन् । ती युवतीकी आमाले आगरामा बस्ने आफ्नी काकीकी नन्दका छोरासँग उनको सम्बन्ध तय गरेकी थिइन् । मार्च १० तारिखको बेलुकी आगराबाट दुलहीको घर पुगे ।

जब दुहली वरमाला लिएर स्टेजमा पुगिन् तब दुलाहलाई देखेर भड्किइन् । ती युवतीले आफूमाथि धोका भएको भन्दै चिच्याउन थालिन् । परिवारले जब के कारणले विवाह गर्न नखोजेको भनेर सोधे तब उनले ‘जस्तो सुकै स्थिति भएपनि म यो बुढासँग विवाह गर्दिनँ’ भन्दै रुन थालिन् ।

दुलहीले विवाह अघि जुन केटाको तस्बिर देखाइएको थियो त्यो उनी नभएको बताइन् । तर भोलिपल्ट बिहान, जे भयो त्यो थप चकित पारिदिने किसिमको थियो । जब छोरीलाई विवाहका लागि मनाउन सकिनन् तब उनले सबैलाई छोडेर आफैं दुलाहसँग आगरा गइन् ।

बेहुलीका अनुसार तीन वर्ष अघि उनको पिताको मृत्यु भएको थियो । उनका एक बहिनी र एक भाइ छन् । उनले तिनै अधवैशे दुलाहसँग विवाह गरिन् ।

Logo