आमाले एयरपोर्टमा बच्चा भुलिन्, पाइलटले गराए इमरजेन्सी ल्याण्डिङ

आमाले एयरपोर्टमा बच्चा भुलिन्, पाइलटले गराए इमरजेन्सी ल्याण्डिङ

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । आमाले एयरपोर्टमा बच्चा भुल्दा पाइलटले गराए इमरजेन्सी अवतरण गराएका छन् । साउदी अरबमा एक महिलाले विमानस्थलमा आफ्नो बच्चा भुल्दा पाइलटले विमानलाई आकस्मिक अवतरण गराएका हुन् ।

फ्लाइट SV832 जेदाहबाट क्वालालम्पुरका लागि उडान भरिसकेको थियो, विमानमा सवार एक महिलाले आफ्नो बच्चा विमानस्थलमै छुटेको बताइन् ।

महिलाको समस्या सुनेपछि पाइलटले एयर ट्राफिक कन्टोलमा सम्पर्क राखे । जसमा एयर ट्राफिक कन्ट्रोल (एटीसी) का कर्मचारी आफ्ना सहकर्मीलाई यस्तो अवस्थामा के गर्न मिल्छ ? भनेर भनेर सोधेका थिए ।

त्यसपछि उनले पाइलटलाई समस्याबारे स्पष्ट रुपमा खुलाएर भन्न अनुरोध गरे । पाइटलले विमानमा सवार एक महिलाको बच्चा किङ्ग अब्दुल अजिज इन्टरनेशनल एयरपोर्टमा छुटेको बताए ।

त्यसपछि एटीसीले पाइलटलाई फ्लाइट विमानस्थलतर्फ फर्काउन अनुमति दिए । अहिले सामाजिक सञ्चालमा मानवीयताको पक्षमा निर्णय लिएको भन्दै मानिसहरुले पाइलटको प्रसंशा गरिरहेका छन् ।

Logo