राउटे समुदायका युवकको मृत्यु

राउटे समुदायका युवकको मृत्यु

केन्द्रबिन्दु
1.5k
Shares

काठमाडौँ । राउटे समुदायका २२ वर्षीय एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा वृषबहादुर शाही रहेका छन् ।

६ महिनादेखि बिरामी रहेका शाहीलाई भदौ ३१ गते उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि गुराँस गाउँपालिका–१, सिमेलसाल फर्कँदै गर्दा बुधवार राति ९ बजे उनको मृत्यु भएको हो । सुर्खेतको कल्यान काँधमा उनको मृत्यु भएको बताइएको छ ।

Logo