दरबारमार्गको ‘नेशनल डे कन्सर्ट’मा तनाव, कुटिए बालेनका समर्थक

दरबारमार्गको ‘नेशनल डे कन्सर्ट’मा तनाव, कुटिए बालेनका समर्थक

केन्द्रबिन्दु
3.6k
Shares

काठमाडौं । राजधानीको दरबारमार्गमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थक कुटिएका छन् ।

दरबारमार्गमा बिहीबार अपराह्न ४ बजेदेखि सुरु भएको ‘नेशनल डे कन्सर्ट’मा बालेनको पक्षमा नारा लगाएका उनीहरुलाई युवाहरुको अर्को समूहले कुटपिट गरेको हो । कुटपिट गर्ने व्यक्तिहरूको पहिचान खुलेको छैन ।

संविधान दिवसको अवसरमा आयोजित कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने बताइएको छ। कन्सर्ट दिउँसो ४ बजेदेखि राति ८ बजेसम्म चल्नेछ । कार्यक्रममा राष्ट्रिय एकता, स्वाभिमान, र राष्ट्र प्रेमका विषयवस्तुहरूलाई केन्द्रित गर्दै कुटुम्ब, इलिमेन्ट्स, अन्तरालगायतका व्यान्ड, कलाकारहरूले प्रस्तुति दिने बताइएको छ । तर, कार्यक्रम सुरु हुनेवित्तिकै लफडा भएको हो ।

Logo