ठमेलमा ठमेल नखः महोत्सव असोज ११ गते

ठमेलमा ठमेल नखः महोत्सव असोज ११ गते

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । ठमेल पर्यटन विकास परिषद् र दि काठमाडौं पोस्टको सहकार्यमा ४४औं विश्व पर्यटन दिवस–२०२४ को अवसरमा ठमेलमा ठमेल नखः महोत्सव हुने भएको छ ।

बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी विश्व पर्यटन दिवसको अवसरमा असोज ११ गते महोत्सवको आयोजना गर्न लागेको परिषद्ले जानकारी दिएको हो । संस्कृति, संगीत, कला र खानाको अतीय संयोजन रहने महोत्सव ठमेलको भावना र पर्यटनका लागि गतिशील हबको रूपमा विकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो ।

विज्ञप्तिमा लेखिएको छ,‘महोत्सवमा संस्कृति, संगीत, कला र खानाको अतीय संयोजन रहनेछ।ठमेलको भावना र पर्यटनका लागि गतिशील हबको रूपमा विकास गर्ने उद्देश्यले आयोजना गरिएको ठमेल नखः ले नेपालको सांस्कृतिक सम्पदाहरूका विविध अनुभवहरू प्रदान गर्ने एक अद्वितीय हुनेछ। उत्सवको जीवन्त वातावरणमा स्थानीय र यात्रुहरूलाई एकसाथ ल्याउन कार्यक्रम सेट गरिएको छ ।’

यस्ता छन् महोत्सवका मुख्य आकर्षण

१. सांस्कृतिक उत्सवः नेपालको समृद्ध सांस्कृतिक सम्पदा झल्काउने परम्परागत र समसामयिक नृत्य, संगीत र नाटकको उत्सव ।
२. कान्तिपुर कलाः ठमेल र काठमाडौंको कलात्मक खभावको सारलाई समाने स्थानीय कलाकारहरूद्वारा कला प्रदर्शनी र प्रत्यक्ष कला स्थापनाहरू ।
३. चङ्गाहरूले भरिएको आकाशः ठमेलको आकाशमा स्वतन्त्रता र सृजनात्मकताको प्रतीक चङ्गाहरूको प्रदर्शन
४. सात घुम्तीको स्वादिष्ट यात्राः स्थानीय र अन्तर्राष्ट्रिय परिकारहरू सहितको ठमेलको उत्कृष्ट स्वादका खानाको यात्रा।
५. मुए थाईको टाइटन्सः ठमेलको मुटुमा मय भाई खेलाडीहरूले आफ्नो सीप प्रदर्शन गर्दै मार्शल आर्टको रोमाञ्चक प्रदर्शन
६. सांगीतिक दबूः समकालीन बीटहरूसँग परम्परागत ध्वनिहरू मिसाउने लाइभ संगीत स्टेज।
७. त्बच’क ग्ए! ट्याटु उत्साहीहरूका लागि एउटा अनुपम अनुभव, स्थानीय ट्याटु कलाकारहरूको कलात्मकता र ठमेलमा शरीर कला संस्कृतिलाई हाइलाइट गरिने ।

Logo