लोक सेवा खुल्ने निश्चित, रिक्त कर्मचारीको विवरण पठाउन परिपत्र

लोक सेवा खुल्ने निश्चित, रिक्त कर्मचारीको विवरण पठाउन परिपत्र

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त कर्मचारीको विवरण पठाउन परिपत्र गरेको छ । कर्मचारी समायोजन भई सक्दा पनि स्थानीय तहका सबै रिक्त दरबन्दी पदपूर्ति हुन सक्ने नरहेकोले स्थानीय तहको सेवा सञ्चालनका लागि बाँकी रिक्त पदहरूमा शीघ्र पदपूर्ति गर्नुपर्ने अवस्था रहेको भन्दै संघीय सरकारले पदको विवरणसहित स्थानीय तहलाई माग फारम पठाउन परिपत्र जारी गरेको हो ।

मन्त्रालयले प्रदेश लोक सेवा आयोगको गठन नभएसम्म स्थानीय तह रिक्त पदहरूमा पदपूर्ति गर्न सम्बन्धित स्थानीय तहले मन्त्रालयमार्फत लोक सेवा आयोगमा माग पठाउनु पर्ने कर्मचारी समायोजन ऐन, २०७५ मा रहेको व्यवस्था अनुसार नै माग गरिएको जनाएको छ ।

सचिव स्तरीय निर्णय गर्दै साबिक स्थानीय सेवामा नियुक्ति भई कार्यरत र समायोजित कर्मचारीको विवरण यकिन गरी रिक्त हुन आउने पदहरूमा फर्मेटसहित माग फाराम पठाउन भनेको हो । यससँगै छिट्टै स्थानीय तहमा ठुलो सङ्ख्यामा लोक सेवा मार्फत कर्मचारी माग हुने सम्भावना बढेर गएको छ । कर्मचारी समायोजक, संघीयता कार्यान्वयको लागि सरकारले हाल लोक सेवा आयोगबाट नयाँ पदपूर्ति रोक्का गरिएको छ ।

Logo