तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

केन्द्रबिन्दु
308
Shares

२०८१ असोज ६ देखि असोज १२ गतेसम्मको राशिफल ।

ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन् त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा, जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ। हामी ग्रह स्थितिअनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौं। साप्ताहिक राशिफलको मद्दतले तपाईंले आगामी साता तपाईंको लागि कस्तो रहनेछ, के नयाँ हुन सक्छ, तपाईंको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ, समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ ।

तपाईंको राशिअनुसार थप योजनाहरू बनाउनुहाेस् । हामीले प्रदान गरेको उपायले तपाईंको यो साता राम्रो बित्ने छ। सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ,यो भबिष्यवाणी ग्रह गोचरको आधारमा हुनेछ। यदि तपाईंहरुले हामीले दिएको उपाय प्रयाेग गर्नुभयो भने तपाईंहरुको यो साता राम्रो बित्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल –

मेष राशि

यो साता करियरमा केही ठूला निर्णयहरू लिनुपर्ने हुनसक्छ । नयाँ अवसरहरू आउनेछन्, जसको सदुपयोग गर्नुपर्छ । यो साता तपाईंको करियरमा सकारात्मक परिवर्तन आउन सक्छ । तर, कुनैपनि नयाँ लगानी गर्नबाट बच्नुहोस् । नयाँ कामको खोजीमा हुनुहुन्छ भने राम्रो अवसर प्राप्त हुनसक्छ । व्यापार व्यवसायमा पनि राम्रो लाभ हुने सम्भावना छ । साताको पहिलो भाग सुखद् रहनेछ।

यो साता नम्रता र सहजताका कारण धेरै कार्यहरू सम्पन्न हुनेछन् । यो साता व्यापारमा ठुलो नाफा देख्न सकिनेछ । कामदारको आयमा वृद्धि हुने प्रबल सम्भावना छ । दाजुभाइबाट उपहार प्राप्त हुन सक्छ। कानूनी विवाद जित्न सकिनेछ। नगदको समस्यासँग जुधिरहेका व्यक्तिहरूका लागि यो साता विशेष रहनेछ । बौद्धिक छलफलमा भाग लिन सकिनेछ ।

उपाय- शिवलिंगमा जल चढाउनुहोस् र ॐ नमः शिवाय नियमित जप गर्नुहाेस् ।

वृष राशि

यो साता उन्नतिको योग बनेको छ । साताभर आकस्मिक लाभ हुने सम्भावना छ ।
आईटी र सफ्टवेयरसँग सम्बन्धित करियरमा लाभ हुनेछ । व्यक्तित्वमा परिवर्तन ल्याउने प्रयास हुनेछ । वकालतसम्बन्धी पेशामा पनि राम्रो आम्दानी हुनसक्छ । प्रियजनहरूसँग गुणस्तरीय समय बित्नेछ। कठिन कार्यहरू सजिलै सम्पन्न हुनेछन्। अविवाहितहरुको विवाह तय हुनसक्छ । व्यापारिक यात्राको सम्भावना छ ।

अध्ययनमा रुचि बढ्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ। पदोन्नतिको विचाराधीन विषयले यो साता गति लिन सक्छ। जागिर गर्नेहरूका लागि आगामी समय उत्कृष्ट रहनेछ।व्यापारिक प्रयासले राम्रो नतिजा दिनेछ।।कुनै पनि कानूनी कागजातमा हस्ताक्षर गर्दा सावधान रहनुहोस्।

उपाय- “श्री सूक्त” नियमित पाठ गर्नुहाेस् वा लक्ष्मी चालिसा नियमित पाठ गर्नुहाेस् ।

मिथुन राशि

यो साता करियरमा अलिकति संघर्ष गर्नुपर्ने हुनसक्छ तर धैर्य गर्नुहोला । आपसी वार्ताबाट समाधान खोजिनेछ । हतारमा कुनै महत्त्वपूर्ण निर्णय नगर्नुहोस् । यो साता विज्ञहरुको सल्लाह तपाईंको लागि लाभदायक रहनेछ । साताको सुरुमा लेनदेनमा ठगीको सिकार बन्न सकिन्छ, ध्यान दिनुहोला । कार्यस्थलमा निकै मिहिनेत गर्नुपर्नेछ । आफ्नो अनुकूलता सुधार गर्न काम हुनेछ । मनमा सन्तुष्टिको अनुभूति हुनेछ ।

अनुसन्धान कार्यमा संलग्न व्यक्तिहरूका लागि साता निकै उत्साहजनक रहनेछ । घरको मर्मतसम्भार र सजावट गर्न सकिन्छ। साताको मध्यमा व्यापारमा लाभदायक स्थिति रहनेछ। दाम्पत्य जीवनमा राम्रो मेलमिलाप रहनेछ। कुनैपनि घरको सदस्यको स्वास्थ्यमा धन खर्च हुनेछ ।

उपाय- हनुमान चालिसा नियमित पाठ गर्नुहाेस् ।

कर्कट राशि

यो साता तपाईंका लागि आत्मनिरीक्षण गर्ने समय हो । कार्यस्थलमा पुराना योजनालाई पुनर्जीवित गर्ने अवसर मिल्नेछ । आर्थिक स्थिति स्थिर रहनेछ, तर अनावश्यक खर्चबाट बच्न महत्त्वपूर्ण छ। यो साता काममा सफलता मिल्नेछ । नयाँ परियोजनामा ​​काम सुरु हुनसक्छ। अचानक शुभ समाचार प्राप्त हुनसक्छ । अनावश्यक विवादबाट टाढा रहनुहोस्। तपाईंको कार्य कौशलको कारण तपाईले चाँडै नयाँ कार्यहरूमा राम्रो प्रगति देख्नुहुनेछ। विपक्षीहरूले तपाईंको प्रशंसा गर्नेछन्।

राजनीतिक गतिविधिमा सहभागिता बढ्न सक्छ । व्यापारको लागि नयाँ रणनीतिमा काम गर्नुपर्ने हुन सक्छ । वरिष्ठ व्यक्तिहरूको सल्लाहलाई ध्यान दिनुहोस्। जीवनसाथीबाट सहयोग मिल्नेछ । यो साता तपाईंले खराब बानी त्याग्ने संकल्प गर्न सक्नुहुन्छ । पारिवारिक जीवनमा शान्ति छाउनेछ । स्वास्थ्य राम्रो रहनेछ, तर योग र ध्यानलाई प्राथमिकता दिनुहोस्।

उपाय- प्रत्येक दिन ॐ सोम सोमाय नम मन्त्रको एक माला जप गर्नुहोस्।

सिंह राशि

यो साताको शुरुवातमा तपाईंको काममा ठूलो सफलता मिल्ने छ । जागिर गर्नेहरूले जागिर परिवर्तन गर्नेबारे सोच्नेछन् । करियरमा परिवर्तनको अवसर आयो भने त्यसलाई गुमाउनु उचित हुनेछैन । व्यापार व्यवसायमा विस्तार हुनेछ । नयाँ कार्यको योजना बनाउन सकिनेछ । साथीभाइसँग रमाइलो समय बित्नेछ। नयाँ कामको थालनी गर्न सकिनेछ । सरकारी कर्मचारीहरूले धेरै राम्रो लाभ प्राप्त गर्नेछन्।व्यापार व्यवसायमा प्रगति देखेर मन प्रफुल्लित हुनेछ ।

तपाईंको नेतृत्व क्षमता यस हप्ता प्रभावकारी रूपमा प्रदर्शन हुनेछ । कार्यस्थलमा तपाईको विचारलाई मान्यता दिइनेछ। आर्थिक मामिलामा सुधारका संकेतहरू छन्, नयाँ लगानीमा विचार गर्नुहोस् । यो साता खर्च बढ्ने छ । विवाह नजुरेकाहरुका विवाह हुने सम्भावना छ । घरमा खुशीको माहाेल रहनेछ । पारिवारिक जीवनमा सद्भाव रहनेछ । जीवनसाथीसँगको सम्बन्ध मधुर रहनेछ । स्वास्थ्य सामान्य रहनेछ ।।

उपाय- सूर्य देवलाई जल अर्पण गर्नुहोस् र “आदित्य हृदय स्तोत्र” पाठ गर्नुहोस् ।

कन्या राशि

यो साता तपाईंले काममा ठूलो उपलब्धि हात पार्न सक्नुहुनेछ । काममा नयाँ अवसर मिल्नेछ । लगानीका लागि समय अनुकुल छ, प्रियजनहरूसँगको सम्पर्क सुधार्ने प्रयास गर्नुहोस्। यो साता तपाईंको संगठन र योजना क्षमताहरू अगाडि आउनेछन्। अनुशासनले कार्यस्थलमा सफलता मिल्नेछ। आर्थिक स्थितिमा स्थायित्व रहनेछ तर खर्चमा नियन्त्रण गर्नु आवश्यक हुनेछ । कार्यस्थलमा नयाँ अवसरहरू उपलब्ध हुन सक्छन्। व्यवसाय गर्नुहुन्छ भने यो समय विस्तारको लागि राम्रो छ ।

व्यापार व्यवसायमा सुधार आउनेछ । धार्मिक कार्य र अध्यात्ममा रुचि बढ्नेछ। जीवनमा केही अप्रत्याशित परिवर्तन आउन सक्छ । पैतृक सम्पत्ति प्राप्त हुनसक्छ । मार्केटिङ सम्बन्धी काममा सफलता मिल्नेछ । घर मर्मत गर्ने योजना बनाउन सक्नुहुन्छ । प्रेम सम्बन्धमा भावनात्मक सम्बन्ध गाढा हुनेछ । परिवारका सदस्यहरूसँग गुणस्तरीय समय बिताउने अवसर मिल्नेछ । तपाईंको स्वास्थ्य राम्रो रहनेछ। आफ्नो गल्ती सच्याउने प्रयास गर्नुहाेस् ।

उपाय- ॐ बु बुधाय नमः मन्त्रको १०८ हरेक दिन जप गर्नुहाेस् । गरिबलाई भोज्न दान गर्नुहाेस् ।

तुला राशि

यो साता धेरै राम्रो हुनेछ । नयाँ परियोजनाको काम सुरु हुनसक्छ । कार्यस्थलमा तपाईंको प्रयासको प्रशंसा हुनेछ । आर्थिक स्थितिमा सुधार आउनेछ र केहि अप्रत्याशित लाभ प्राप्त हुन सक्छ। आफ्नो खर्चमा ध्यान दिनुहोस्। अत्यधिक आत्मविश्वासबाट बच्नुहोस्। विवाद समाधान गर्ने मौका मिल्नेछ। रचनात्मक कार्यमा रुचि बढ्नेछ। सम्पर्क स्रोतहरूको उत्तम प्रयोग हुनेछ ।

लगानीका लागि समय निकै अनुकुल रहनेछ । साथीभाइबाट शुभ समाचार प्राप्त हुनेछ । आफ्नो जीवनसाथीको सल्लाह र समर्थन लिनुहाेस्, फाइदा हुनेछ । नयाँ प्रेम सम्बन्धको विकास हुनसक्छ । असल व्यक्तिको संगतबाट लाभ मिल्नेछ । दाम्पत्य जीवनमा सुख शान्ति रहनेछ। स्वास्थ्य सामान्य रहनेछ, तर मानसिक शान्तिको लागि ध्यान गर्नुहोस्। कुनै पनि अपरिचित व्यक्तिलाई विश्वास नगर्नुहोस् र पैसा सम्बन्धी मामिलामा सावधान रहनुहोस्।आफ्नो काम गम्भीरतापूर्वक पूरा गर्नुहोस्, लापरबाही नगर्नुहोस् ।

उपाय- नियमित दुर्गा चालिसा पाठ गर्नुहोस् ।

वृश्चिक राशि

यो हप्ता आत्मविश्वास र दृढ संकल्पका साथ अगाडि बढ्नुहोस् । तपाईंको मेहनत र समर्पण कार्यस्थलमा पुरस्कृत हुनेछ । आर्थिक स्थितिमा सुधार आउनेछ तर अनावश्यक खर्चबाट बच्नुहोला । यो साता कार्यस्थलमा व्यस्तता बढ्नेछ । अनावश्यक असमझदारी हुन सक्छ, वार्ताबाट समाधान गर्नुहोस् । कसैलाई पैसा उधारो नदिनुहोस्। ब्यापार व्यवसायमा थप कडा परिश्रम गर्न आवश्यक छ ।

कार्यस्थलमा प्रतिस्पर्धा बढ्न सक्छ । आफ्नो वर्चस्व कायम गर्ने प्रयास गर्नुहाेस् । आम्दानीका स्रोत बढ्नेछन् । मनमा प्रफुल्लता र ताजगी रहनेछ । कर्मचारीसँग पुरानो मतभेद कम हुनसक्छ । तपाईंको मनोबल उच्च रहनेछ। मानिसहरूले तपाईंप्रति ईर्ष्या महसुस गर्न सक्छन् । सम्बन्धमा सद्भाव कायम राख्नुहोस् । दाम्पत्य सम्बन्धमा प्रेम बढ्नेछ। पारिवारिक जीवनमा शान्ति छाउनेछ। स्वास्थ्य सामान्य रहनेछ तर ध्यान र योगबाट मानसिक सन्तुलन कायम राख्नुहोला।

उपाय- हनुमान चालिसा नियमित पाठ गर्नुहोस् ।

धनु राशि

यो साता नयाँ अवसर र अनुभवले भरिपूर्ण रहनेछ । कार्यस्थलमा तपाईंले आफ्नो प्रयासको नतिजा पाउनुहुनेछ, र यो साता काममा नयाँ जिम्मेवारी पाउन सकिनेछ । नोकरीमा उच्च पद प्राप्त गर्न सकिनेछ । कार्यस्थलमा मान सम्मान मिल्नेछ । नयाँ योजना सफल हुनेछन्। अनावश्यक तनावबाट टाढै रहनु होला।यो साता तपाईको कार्यस्थलमा प्रगतिको संकेत मिल्नेछ। व्यापार व्यवसायमा पनि नयाँ अवसर मिल्नेछ ।आर्थिक मामिलामा स्थिरता रहनेछ। नयाँ व्यापार सम्झौता हुन सक्छ।

आत्मनिरीक्षण गर्ने प्रयास गर्नुहोस्। यसले तपाईंलाई आफ्नो कमजोरीहरू हटाउन सजिलो बनाउँदछ। स्वास्थ्य निकै राम्रो रहनेछ। मानसिक शान्तिको अनुभव गर्नुहुनेछ। महँगो किनमेलमा खर्च हुनेछ । परिवारका सदस्यहरूबीच आपसी समन्वय रहनेछ। तपाईंको कमजोरीहरू उजागर हुन नदिनुहोस्। कसैले न सोधी सल्लाह दिनु उचित हुँदैन । आफ्नो जीवनसाथीको सहयोग लिन नहिच्किचाउनुहोस् । अदालती मामिलाहरूबाट टाढा रहनु उपयुक्त हुनेछ।

उपाय- ॐ नम शिवायको नियमित जाप गर्नुहाेस् ।

मकर राशि

यो साता प्रगतिको सम्भावना छ । ठूलाबाट आशीर्वाद मिल्नेछ । तनावबाट बच्नुहोस्, यसलाई सहज रूपमा लिनुहोस् र अत्यधिक कामको बोझबाट बच्नुहोस् । महत्त्वपूर्ण काममा पैसा खर्च हुनेछ । जीवनलाई सकारात्मक दृष्टिकोणबाट बुझ्ने प्रयास गर्नुहोस्। तपाईंले बाकी रहेका भुक्तानी प्राप्त गर्न सक्नुहुन्छ । अनुभवी व्यक्तिहरूसँग छलफल गर्दा लाभ हुनेछ। उच्च अधिकारीसँगको सम्बन्ध सुमधुर हुनेछ । वित्तसँग सम्बन्धित परियोजनाहरूमा राम्रो आर्थिक लाभ मिल्नेछ।

आयात–निर्यात सम्बन्धी कार्यमा नयाँ ठेक्का मिल्ने सम्भावना छ । व्यक्तिगत काममा आर्थिक लाभ हुनेछ । तपाईंको व्यवस्थापन र दक्षताको कदर गरिनेछ । तपाईंको करियरमा स्थिरता रहनेछ र तपाईंको प्रयासले फल दिनेछ । दाम्पत्य जीवनमा मेलमिलाप रहनेछ । परिवारसँग समय बिताउने अवसर मिल्नेछ।कसैसँग विवाद नगर्नुहोस् र आफ्नो क्रोधलाई नियन्त्रण गर्नुहोस्।

उपाय- शनि चालिसा तथा हनुमान चालिसाको नियमित पाठ गर्नुहोस् ।

कुम्भ राशि

यो साता नयाँ सोच र योजनाले भरिपूर्ण रहनेछ । कार्यस्थलमा तपाईंको रचनात्मक विचारहरूको प्रशंसा हुनेछ, र तपाईंले नयाँ परियोजना प्राप्त गर्न सक्नुहुनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ तर खर्चमा नियन्त्रण गर्नु जरुरी छ । पुराना रोकिएका काम सुरु हुनसक्छन् । रोजगारी भएका व्यक्तिहरूले ठूलो उपलब्धि हासिल गर्न सक्नेछन्। घरमा खुशीको माहाेल रहनेछ । व्यापारमा नयाँ साझेदारी गर्न सकिनेछ। नयाँ सहयोगी प्राप्त हुनाले राहत मिल्नेछ । तपाईंको विचारमा परिपक्वता प्रदर्शित हुनेछ। चिकित्सा, कृषि र उच्च प्रविधिसँग सम्बन्धित काममा लाभ हुनेछ।

धार्मिक स्थलको भ्रमण गर्ने योजना बन्नेछ । प्रगतिको अवसर मिल्नेछ । नयाँ आयोजनामा ​​उत्साह बढ्नेछ । राजनीतिसँग सम्बन्धित व्यक्तिहरूसँग सम्पर्कमा आउन सक्छ । दाम्पत्य जीवनमा सुख शान्ति रहनेछ। आफ्नो खानपानमा ख्याल गर्नुहोला । नजिकका आफन्तसँग राम्रो सम्बन्ध राख्नु उपयुक्त हुनेछ। विपरित लिङ्गी व्यक्तिहरु संग विवाद नगर्नुहोस्। सेयर बजारसँग आवद्ध व्यक्तिले होसियारीपूर्वक लगानी गर्नुपर्छ । काममा अनावश्यक ढिलासुस्तीका कारण रिस उठ्न सक्छ ध्यान दिनुहोला ।

उपाय- हनुमान चालिसाको नियमीत पाठ गर्नुहाेस् । आइतबार सूर्यलाई जल चढाउनुहाेस् ।।

मीन राशि

यो साता मानसिक शान्ति र सन्तुलनको समय हो । कार्यस्थलमा मिहिनेतको फल मिल्नेछ, नयाँ अवसर मिल्नेछ । आर्थिक मामिलामा स्थिरता रहनेछ। यो साताको शुरुवातमा नयाँ अवसर मिल्नेछ । कुनै पनि नयाँ परियोजना सुरु गर्दा सावधान रहनुहोस्। यो साता तपाईंले आफ्नो कार्यस्थलमा विवादको सामना गर्नुपर्ने हुनसक्छ। धैर्यता कायम राख्नुहोला । साताको पहिलो भाग विशेष फलदायी रहनेछ।

यो साता ऐश्वर्यले भरिपूर्ण हुनेछ। घरको लागि केही नयाँ वस्तु खरिद गर्न सकिनेछ। पिताको स्नेह र आशीर्वाद प्राप्त हुनेछ । सकारात्मक उर्जा र आत्मविश्वासले भरिपूर्ण रहनेछ । रोकिएका सरकारी काम यो साता पूरा हुनेछन् । विदेश यात्राको योजना बन्नसक्छ । तपाईंको स्वास्थ्य धेरै राम्रो रहनेछ । वैवाहिक सम्बन्धमा भावनात्मक दूरी आउन सक्छ। त्यसैले अनैतिक सम्बन्धबाट टाढा रहनुहोस्।

उपाय- ॐ नम शिवायकाे नियमित जप गर्नुहाेस् ।

Logo