लागूऔषधसहित दुई जना युवती पक्राउ

लागूऔषधसहित दुई जना युवती पक्राउ

केन्द्रबिन्दु
308
Shares

काठमाडौँ । कैलाली प्रहरीले लागूऔषधसहित दुई जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–८ की २७ वर्षीया रामरति राना थारू र सोही ठाउँकी २२ वर्षीया करिना राना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराका अनुसार उनीहरूका साथबाट एक ग्राम ७० मिलिग्राम लागूऔषध खैरो हिरोइन बरामद भएको छ । प्रहरी टोलीले उनीहरूलाई धनगढी गाउँबाट पक्राउ गरेको हो । दुवै जनालाई हिरासत कक्षमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Logo