छविलाल जोशीलाई पोखरा ल्याइयो, अदालतमा भोलि पेस गर्ने

छविलाल जोशीलाई पोखरा ल्याइयो, अदालतमा भोलि पेस गर्ने

केन्द्रबिन्दु
266
Shares

गण्डकी । सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई पोखरा ल्याइएको छ ।

अभियुक्त जोशीलाई काठमाडौँमा पक्राउ गरेर आज पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुुमार थापाले बताए । निजलाई सोमबार अदालतमा पेस गरिनेछ ।

सहकारीको रकम दुरुपयोग सम्बन्धी गठित विशेष संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले आइतबार निर्देशन दिएसँगै गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक जोशी पक्राउ परेका हुन् । उनीविरुद्ध पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ५ करोड रुपैयाँ गएको प्रतिवेदनमा देखिएको छ ।

Logo