मेलम्ची भ्रष्टाचारमा पूर्वसचिव ठाकुरसहित ४ जनालाई ८ वर्ष १ महिना कैद, एक अर्ब २३ करोड जरिवाना

मेलम्ची भ्रष्टाचारमा पूर्वसचिव ठाकुरसहित ४ जनालाई ८ वर्ष १ महिना कैद, एक अर्ब २३ करोड जरिवाना

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा विशेष अदालतले दोषी ठहर भएका पुर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई जनही ८ वर्ष १ महिना कैद हुने फैसला सुनाएको छ ।

दोषी रहेको यसअघि भदौ २५ गते नै फैसला आएपनि विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आज सजाय निर्धारण गरेका हुन् । ठाकुरबाट ८ वर्ष १ महिना कैदसहित २० करोड ४१ लाख असुल गर्ने फैसला भएको छ । १० करोड १० लाख ६१ हजार ७५ हजार बिगो कायम गरी बिगो बराबर जरिवानासमेत तिर्नुपर्नेछ ।

यसैगरी तत्कालीन कार्यकारी निर्देशक सूर्यराज कँडेलबाट पनि ठाकुरसरह २० करोड ४१ लाख असुलसहित आठ वर्ष एक महिना कैद हुने फैसला भएको छ । आयोजनाका तत्कालीन लेखा अधिकृत रामचन्द्र देवकोटाबाट पाँच करोड ९१ लाख असुल हुने र आठ वर्ष एक महिना कैद सजाय, परामर्शदाता कम्पनी इप्टिसा–बीईटीएस जेभीका डेपुटी टिम लिडर शिवकुमार शर्मा भ्रष्टाचारमा मतियार ठहर गरी बिगो र जरिवानासहित पाँच करोड ९१ लाख असुल हुने ठहर गरी आठ वर्ष कैद निर्धारण गरेको छ ।

Logo