दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चद्वारा अस्वीकार

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चद्वारा अस्वीकार

केन्द्रबिन्दु
2.6k
Shares

काठमाडौं । साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ परेका मेडिकल व्यावसायी दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

सोमबार प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले छाड्न अस्वीकार गरेको हो। प्रसाईंलाई पक्राउ गर्नुको कारण पेश गर्न मात्रै आदेश जारी गरेको छ ।

आइतबार घरबाटै पक्राउ परेका उनी हाल अस्पताल भर्ना भएका छन् । उच्च रक्तचाप सम्बन्धी समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् । उनलाई पक्राउ गरेकै दिन जिल्ला अदालत काठमाडौंले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइसकेको छ ।

Logo