दुर्गा प्रसाईंलाई थप पाँच दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति

दुर्गा प्रसाईंलाई थप पाँच दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति

केन्द्रबिन्दु
448
Shares

काठमाडौं । साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न अदालतले थप पाँच दिनको म्याद दिएको छ । आइतबार घरबाटै पक्राउ परेका बुधबार काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई थुनामा राखेर अनुसन्धान गर्न थप पाँच दिनको समय दिएको हो।

प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको थियो । जिल्ला अदालत काठमाडौँबाट गत बुधबार पक्राउ गर्न अनुमति प्राप्त भएपछि आइतबार घरबाटै पक्राउ परेका थिए । उनलाई बन्दीप्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले छाड्न पनि अस्विकार गरिसकेको छ ।

Logo