पहिरोले घर पुर्दा ललितपुरमा ३ र काभ्रेमा २ जनाको मृत्यु

पहिरोले घर पुर्दा ललितपुरमा ३ र काभ्रेमा २ जनाको मृत्यु

केन्द्रबिन्दु
294
Shares

काठमाडौँ । ललितपुर र काभ्रेमा पहिरोका कारण ५ जनाको मृत्यु भएको छ । ललितपुरको चुनिखेलमा पहिरोले घर बगाउँदा ४८ वर्षीया महिलाको मृत्यु भएको हो ।

यसैगरी पहिरोमै परेर चापागाउँको टाखेलमा ५४ वर्षीया महिला र छम्पीमा एक जना महिलाको मृत्यु भएको छ । छम्पीमा पहिरो खस्दा घरमा बसिरहेका आमा–छोरामध्ये छोराले भने भागेर ज्यान बचाएको प्रहरीले जनाएको छ ।

यस्तै, काभ्रेमा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ । गएराति तेमाल गाउँपालिका ७ बस्ने भीमबहादुर तामाङको १ तले घर पहिरोले पुरिँदा ५० वर्षकी पातली तामाङ र ४० वर्षकी नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Logo