यी हुन् पहिरोले थुनिएका देशभरका सडक

यी हुन् पहिरोले थुनिएका देशभरका सडक

केन्द्रबिन्दु
308
Shares

काठमाडौँ । बिहीबार साँझदेखिको अविरल वर्षाका कारण देशका विभिन्न भूभाग डुबानमा परेका छन् ।

देशका पहाडी क्षेत्रमा पहिरो तथा तराईमा बाढीले वितण्डा मच्चाएको छ ।

वर्षाका कारण आएको बाढी र पहिरोले विभिन्न राजमार्ग समेत अवरुद्ध भएका छन् । लगातारको वर्षाले काठमाडौँ–नागढुङ्गा–चितवन सडक, काठमाडौ–ँधुलिखेल–सिन्धुली, मुग्लिङ–पोखरा, चितवन–बुटवल, धुलिखेल–खावा–दोलखा सडकखण्ड अवरुद्ध भएका छन् ।

यस्तै, बेनी–मुस्ताङ, कैलाली–बझाङ–बाजुरा, झापा–इलाम (मेची राजमार्ग) तथा काठमाडौँ–हेटौँडा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । अन्य धेरै सडकखण्डहरू एकतर्फी रूपमा सञ्चालन भइरहेका छन् । अविरल वर्षाका कारण लामो दूरीको यात्रा नगर्न मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

Logo