कालिमाटीमा घरभित्र बाढी पस्योः त्रिपालको व्यवस्था गरिदिन स्थानीयको आग्रह

कालिमाटीमा घरभित्र बाढी पस्योः त्रिपालको व्यवस्था गरिदिन स्थानीयको आग्रह

केन्द्रबिन्दु
574
Shares

काठमाडौँ । बिहीबार साँझदेखि भएको वर्षाका कारण काठमाडौँ उपत्यकाका थुप्रै स्थानमा नदीको सतह बढेर बस्तीमा बाढी पसेको छ ।

वर्षाका कारण काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, रुद्रमति आदि खोलामा पानीको बहाव बढ्दा खोलाछेउका बस्ती डुबानमा परेको प्रहरीले बताएको छ ।

विष्णुमतीमा आएको बाढीका कारण कालिमाटीस्थित सुकुमबासी बस्ती डुबानमा परेको छ । बाढी घरभित्र पसेका कारण सयौँ परिवार विस्थापित भएका छन् । बाढी घरभित्र पसेपछि घर छोडेर हिँड्नुपरेको कालिमाटीका स्थानीय निशान्त मगरातीले बताए । उनले आफूसँग केही नभएको कारण भोकै मर्नुपर्ने स्थिति सिर्जना भएकोले सरकालले त्रिपालको व्यवस्था गरिदिन पर्ने माग गरेका छन् ।

‘हामीले कोठामा भएको समानहरु पनि बचाउन पाएनौँ । अहिले हामी एकदम तनावमा छौँ । हामीलाई एउटा पालको व्यवस्था गरिदिए पनि हुन्थ्यो । हाम्रो लागि त्यही ठूलो कुरा हुन्थ्यो होला । यहाँको प्रतिनिधिहरू कोही पनि आउनुहुन्न हामीलाई सहयोग गर्न, त्यसकारण हामी एकदम पीडित छौँ । हामीसँग केही बचेन । पानी पिउनका लागि एउटा जग समेत ल्याउन सकेका छैनौँ । खानेकुराको व्यवस्था गरिदिए एकदम आभारी हुनेथियौँ,’ उनको दुखेसो छ ।

Logo