उपसचिव संजेल काममा फर्किए, बिचौलिया आए अख्तियार लगाउने

उपसचिव संजेल काममा फर्किए, बिचौलिया आए अख्तियार लगाउने

केन्द्रबिन्दु
0
Shares

विराटनगर । भ्रष्टाचार विरोधी कर्मचारीको रुपमा चिनिएका उपसचिव प्रेमप्रसाद संजेलले पुनः श्रम कार्यालय विराटनगर प्रमुखको कार्यभार सम्हालेका छन् । संजेल बुधबार बिहान ९ः४५ बजे कार्यालय पुगेका थिए । गत असोज ११ गते उक्त कार्यालयमा प्रमुखको रुपमा हाजिर भएका संजेललाई ७० दिनमै सरुवा गरिएको थियो।

उक्त सरुवाको विरोधमा संजेलले सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै मुद्दा दायर गरेका थिए। सर्वोच्चले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव सञ्जेलको सरुवा गर्ने निर्णय कार्यान्वयन नगर्न गत शुक्रबार अन्तरिम आदेश जारी गरेको थियो । कार्यालयमा हाजिर हुँदै संजेलले भ्रष्टहरुलाई कार्यालयमा प्रवेश निषेध गरेका छन् ।

उनले तीन कामलाई प्राथमिकतामा राखेका छन् । श्रम कार्यालयमा सर्वसाधरणले हालेका मुद्दा छिन्ने, आफू कार्यालय प्रमुख हुँदा निरीक्षण गरेका उद्योग अनुगमन र त्यसपछि दिएका निर्देशन कार्यान्वयन गरेरनगरेको अनुगमन गर्ने र पुनः श्रम स्वीकृतिका लागि काम हुँदा हुने ढिलासुस्ती, घुसखोरी र अतिरिक्त शुल्क लिने काम रोक्ने तथा गरेको थाहा पाए कारबाही गर्ने उनको प्राथमिकतामा परेको छ ।

पुनः श्रम स्वीकृति लिन आउनेहरुलाई श्रम कार्यालयबाहिर सटर खोलेर काम गरिरहेकाहरुले काम छिटो गरिदिन्छु भनी गैरकानुनी काम गरे अख्तियारलगाएर जेल हाल्ने चेनावनी दिए।

Logo