प्यारासुट जम्पमा घाइते भएका सैनिकको कस्तो छ अवस्था ?

प्यारासुट जम्पमा घाइते भएका सैनिकको कस्तो छ अवस्था ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सेना दिवसको अवसरमा सोमबार सैनिक मञ्च टुँडिखेलमा प्यारासुटबाट खसेर घाइते भएका सैनिकको उपचार भईरहेको छ । विशेष समारोहमा आफ्नो कौशल प्रदर्शनको क्रममा प्राविधिक कारणले प्यारासुटबाट खसेर घाइते नेपाली सेनाका हबल्दार पूर्णबहादुर भण्डारीको मेडिसिटी अस्पतालमा उपचार भईरहेको छ ।

उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । ल्याण्ड गर्नेक्रममा प्यारासुट नखुल्दा उनी काठमाडौं मल अगाडिको बीच सडकमा खसेका थिए । उनले दायाँ खुट्टामा चोट लागेको छ । खुट्टाको अप्रेशन गरिएको उपचार संलग्न चिकित्सकहरुले जनाएका छन् । टाउँकोमा पनि हल्का चोट लागेको छ ।

उनको स्वास्थ्य अवस्थाबारे बुझ्न उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल अस्पताल पुगेका छन् । रक्षा मन्त्री पोखरेलले बुधबार बिहान भेटेका हुन् । मन्त्री पोखरेलले स्वास्थ्य लाभको कामना गरेका छन् ।

बारबर्दिया–८ बर्दियाका भण्डारीको उपचारमा संलग्न चिकित्सकसँग मन्त्री पोखरेलले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिइ थप उपचार आवश्यक परेमा तुरुन्त खबर गर्न आग्रह गरेका थिए । उनको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताललाई निर्देशन दिएका थिए ।

Logo