तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

केन्द्रबिन्दु
196
Shares

२०८१ असोज १३ देखि १९ गतेसम्मको राशिफल ।

ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन् त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा, जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ। हामी ग्रह स्थितिअनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौं। साप्ताहिक राशिफलको मद्दतले तपाईंले आगामी साता तपाईंको लागि कस्तो रहनेछ, के नयाँ हुन सक्छ, तपाईंको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ, समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ ।

तपाईंको राशिअनुसार थप योजनाहरू बनाउनुहाेस् । हामीले प्रदान गरेको उपायले तपाईंको यो साता राम्रो बित्ने छ। सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ,यो भबिष्यवाणी ग्रह गोचरको आधारमा हुनेछ। यदि तपाईंहरुले हामीले दिएको उपाय प्रयाेग गर्नुभयो भने तपाईंहरुको यो साता राम्रो बित्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल –

मेष राशि

-तपाईंको लागि यो साता कार्यस्थलमा नयाँ अवसर मिल्नेछ । महत्त्वपूर्ण निर्णय गर्दा सावधान रहनुहोस्। धनको नयाँ स्रोत आउन सक्छ, लगानी गर्नुअघि राम्ररी सोच्नु आवश्यक छ। यो साता करियर र ब्यापारमा नयाँ अवसर मिल्नेछ । नवरात्रिको यस पवित्र समयमा, तपाईंको निर्णयहरूमा आत्मविश्वास बढ्नेछ, जसले कार्यस्थलमा प्रगतिको नेतृत्व गर्नेछ। नयाँ कामको खोजीमा रहेका मानिसहरूले राम्रो समाचार पाउन सक्छन्। व्यापारमा साझेदारीबाट लाभ मिल्नेछ, तर निर्णयमा सावधानी अपनाउनुपर्नेछ।

व्यापार व्यवसायमा इच्छित परिणाम प्राप्त हुनेछ। जीवनसाथीबाट सहयोग मिल्नेछ । सम्पत्ति सम्बन्धी मामिलामा लाभ मिल्नेछ गम्भीर विषयको अध्ययन गर्न सकिन्छ । समाजमा तपाईको मान प्रतिष्ठा बढ्नेछ । बौद्धिक क्षमताले काम सम्पन्न हुनेछ । उच्च अधिकारीबाट पूर्ण सहयोग मिल्नेछ । विद्यार्थीहरू पढाइमा केन्द्रित रहनेछन्। अनावश्यक उत्तेजनामा ​​बोल्नबाट बच्नुहोस्। केही अप्रत्याशित घटनाहरू घट्न सक्छन्।

उपाय- ॐ नमः शिवाय नियमित जप गर्नुहाेस् । हरेक साँझ घरको इशानकोणमा दियो बाल्नुहाेस् ।

वृष राशि

यो साता वृष राशिका व्यक्तिहरूले एक्लोपन महसुस गर्नेछन् । आम्दानी कम र खर्च बढ्नेछ। सबै पक्षबाट असहयोगको सामना गर्नुपर्नेछ । मंगलबार र बुधबारबाट सानो सफलता मिल्न सक्छ । नयाँ लाभदायक सम्पर्कहरू बन्नेछन् र योजनाहरू सफल हुनेछन्। साताको अन्तयमा आम्दानीमा सुधार आउनेछ र सन्तानबाट सहयोग मिल्नेछ । तपाईंको आत्मविश्वास बलियो हुनेछ । आफ्नो कर्म र भाग्यमा विश्वास राख्नुहोस्।

तपाईंको दक्षता बढ्नेछ । कमिशन सम्बन्धी काममा उत्कृष्ट लाभ मिल्नेछ । बौद्धिक छलफलमा बय्स्त हुनुहुने छ । यो साता ग्रहको स्थिति तपाईको पक्षमा रहनेछ । मनोरञ्जन सम्बन्धी कार्यमा भाग लिनेछ । कार्यस्थलमा पदोन्नतिको विषयमा छलफल हुन सक्छ। व्यापार व्यावसायमा विस्तारका नयाँ मार्ग प्रशस्त हुनेछन् । तपाईं आफ्नो कार्यशैली सुधार गर्न सक्नुहुन्छ। व्यापारमा अवरोध आउन सक्छ, काममा विवाद हुन सक्छ सजग रहनुहोला ।

उपाय- “श्री सूक्त” नियमित पाठ गर्नुहाेस् वा लक्ष्मी चालिसा नियमित पाठ गर्नुहाेस् ।

मिथुन राशि

यो साता कामको प्रशस्तता र मान सम्मान प्राप्तिको संकेत गर्दछ । दाजुभाइबाट सहयोग मिल्नुका साथै भूमिसम्बन्धी लाभ पनि मिल्नेछ । साताको अन्तय्मा धन प्राप्त हुने योग छ । व्यापारमा सजग रहनुहोला, जागिरमा आफ्नो काममा ध्यान दिनुहोला । कार्यस्थलमा ठूलो आर्थिक लाभ हुन सक्छ । कपडा व्यवसायमा राम्रो नाफा मिल्नेछ । विवेक प्रयोग गर्नुहोस् । शिक्षासम्बन्धी बाधाहरु हट्नेछन् । प्राविधिक काममा रुचि बढ्नेछ । ठूलो व्यापार सम्झौता हुन सक्छ ।

सरकारी सेवामा संलग्न व्यक्तिहरूले धेरै लाभ प्राप्त गर्नेछन् । घरमा कुनै धार्मिक कार्यक्रमको आयोजना हुनसक्छ । काममा विशेष ध्यान दिनु आवश्यक छ । यो साता प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सकिन्छ ।आफ्नो जीवनसाथीसँग खुलेर कुरा गर्नुहोस्। ठगीको सम्भावना रहेकोले बुधबार र बिहीबार सावधानी अपनाउनुहोला ।कार्यस्थलमा कसैसँग वादविवाद नगर्नुहोस्, अन्यथा तपाईंलाई घाटा हुनसक्छ ।

उपाय- प्रत्येक दिन दुर्गा चालिसा पाठ गर्नुहोस्।

कर्कट राशि

कर्कट राशिका लागि यो साता सकारात्मक संकेत देखिन्छ । समयमै काम सम्पन्न भई आम्दानी बढ्नेछ । यो साता तपाईका लागि समय अनुकूल रहनेछ । नयाँ परियोजनाहरू हात पार्नको लागि यो उपयुक्त समय हो । एकै साथ धेरै जिम्मेवारी पूरा गर्नुपर्नेछ । अधिकार र सुखसुविधामा वृद्धि हुनेछ। रोजगारीमा अपेक्षित लाभ मिल्नेछ। काममा वातावरण निकै राम्रो रहनेछ । अफिसमा तपाईको हाकिमबाट तपाईलाई धेरै प्रोत्साहन मिल्नेछ। महिला वर्गका लागि समय निकै राम्रो रहेको छ । आफ्नो कामको गुणस्तर बढाउने प्रयास गर्नुहोस्। अनावश्यक खर्चबाट बच्नुहोला ।

मनमा असन्तुष्टि रहनेछ तर सन्तानबाट सहयोग मिल्नेछ ।यो साता नयाँ परियोजनामा ​​ध्यान दिनुहोस्, कडा परिश्रमको फल मिल्नेछ। तपाईंको जीवन स्थिरता तर्फ अघि बढ्नेछ। आर्थिक लाभको सम्भावना छ । पुराना विवाद सुल्झाउन सकिनेछ । अनावश्यक यात्राबाट बच्नुहोला । पार्टनरसँग विचार आदान प्रदान गर्नुहोस्, मतभेद समाधान हुनेछ। बैंकिङ क्षेत्रमा काम गर्नेलाई दबाबमा रहनु हुने छ । यो साता आफ्ना भावनाहरूलाई नियन्त्रण गर्नुहोस् र परिवारका सदस्यहरूसँग राम्रो व्यवहार गर्नुहोस्।

उपाय- सोमबार शिवलिंगमा दूध चढाएर माता पार्वतीको पूजा गर्नुहोस्।

सिंह राशि

सिंह राशिका लागि यो साता प्रभावकारी रहनेछ । आम्दानीको स्थिति राम्रो हुनेछ र यो साताको शुरुवातमा तपाईको काममा ठूलो सफलता मिल्नेछ । यो साता आफ्नो योजनामा ​​काम गर्नुहोस्, सकारात्मक परिणाम प्राप्त हुनेछ । तनावबाट टाढा रहनुहोस्। आफ्ना भावनाहरू सही रूपमा व्यक्त गर्नुहोस्, अन्यथा गलतफहमी उत्पन्न हुन सक्छ। आफ्नो भावनालाई नियन्त्रण गर्नुहोस्।घरजग्गा खरिद गर्नुहुनेछ । समाजमा तपाईंको छवि धेरै राम्रो हुनेछ । तपाईंको लागि यो साता निकै शुभ रहनेछ । सहकर्मीसँगको समन्वय राम्रो रहनेछ ।

आफ्नो मेहनतको उत्कृष्ट परिणाम प्राप्त हुनेछ। साथीभाइसँगको सम्बन्ध सुमधुर रहनेछ । आवश्यक सबै काममा राम्रो प्रगति हुनेछ। पूर्वनिर्धारित योजनाबाट लाभ मिल्नेछ।तपाईको मेहनतले यो साता फल दिनेछ। नवरात्रिको प्रभावले करियरमा प्रगति हुनेछ र नयाँ जिम्मेवारी सुम्पिनेछ । व्यापार व्यवसायमा लाभको नयाँ अवसर आउनेछ तर हतारमा कुनै निर्णय नलिने कुरामा ध्यान दिनु पर्नेछ । यो साता अनावश्यक खर्च नगर्नुहोस् र लगानी गर्नु अघि सावधानीपूर्वक निर्णय लिनुहोस् ।

उपाय- सूर्य देवलाई जल अर्पण गर्नुहोस् र “आदित्य हृदय स्तोत्र” पाठ गर्नुहोस् ।

कन्या राशि

कन्या राशिका व्यक्तिहरूले आफ्नो करियरमा केही ठूलो सफलता प्राप्त गर्नेछन्, जसले तपाईलाई खुशी तुल्याउनेछ । यस समयमा, तपाईंको धेरै प्रयासहरू क्रमशः सफल हुनेछन्, यसले तपाईको खुशीको कुनै सीमा रहने छैन। प्राविधिक प्रयास होस् वा कला, चलचित्र वा संगीत प्रयास, तपाईलाई ठूलो सफलता मिल्नेछ। यो हप्ताको अन्तिम तीन दिनमा तपाईको खर्चको स्तर बढ्न सक्छ। सबै कार्यमा विजय प्राप्त हुनेछ। नयाँ कुरा सिक्ने प्रयास हुनेछ । महत्त्वपूर्ण व्यक्तिहरूसँगको सम्बन्ध गहिरो हुनेछ। रक्षा र अनुसन्धान सम्बन्धी पेशाहरूमा धेरै राम्रा काम गर्ने मौका मिल्नेछ।

सानो लगानीले ठूलो नाफा कमाउन सक्छ। धनसम्वन्धी मामिलाहरु सजिलै समाधान हुनेछन् । गोप्य विषयमा जानकारी प्राप्त गर्न सकिन्छ। नयाँ सवारी साधन खरिद गर्न सकिनेछ । आलस्यका कारण केही काम अधुरा रहन सक्नेछन् । अरुको काममा अल्मलिनु हुँदैन । आइतबार र सोमबार सावधान रहनुहोस्।साताको अन्त्य निकै शुभ रहनेछ । रिसलाई नियन्त्रण गर्नुहोस्, विशेष गरी काममा। नसोचि कुनै पनि ठुलो कदम नचाल्नुहोला ।

उपाय- शिबलिंगमा दुधको अभिषेक गर्नुहाेस् । बाँदरलाई आलु खुवाउनुहाेस् ।

तुला राशि

यो साताको सुरुवात राम्रो रहनेछ । आम्दानीमा सुधार र सहयोग प्राप्त हुनेछ । मङ्गलबार र बुधबार व्यर्थका काममा समय खर्चिन सक्छ।व्यापारमा सजग रहनुहोस्, कुनैपनी काम समयमै गर्नुहोस्। यो साता आर्थिक मामिलामा सजग रहनुहोला । कार्यस्थलमा सजग रहनुहोला, विपक्षीहरु सक्रिय हुन सक्छन् । तपाईंको कामप्रतिको समर्पणको कदर हुनेछ। सम्बन्धमा मधुरता आउनेछ । सहकर्मीसँग समय बिताउने मौका मिल्नेछ। विवादबाट टाढा रहनुहोस्।

साताको प्रारम्भमा अविवाहितहरूलाई विवाह प्रस्ताव आउनसक्छ । घरको वातावरण शान्त रहनेछ । सरकारी जागिरका लागि तयारी गरिरहेका विद्यार्थीहरूका लागि यो साता शुभ रहेको छ । यो साता तपाईंको आर्थिक स्थितिमा सुधार आउनेछ। व्यापारमा नयाँ अवसरको फाइदा उठाउनुहोस्। रोजगारीमा रहेका व्यक्तिले पदोन्नति वा नयाँ जिम्मेवारी पाउन सक्छन्। आफ्नो चरित्र राम्रो र निष्कलंक राख्नुहोस्।

उपाय- नियमित हनुमान चालिसा र श्रीराम स्तुति पाठ गर्नुहाेस् ।

वृश्चिक राशि

यो साता नयाँ योजना सुरु हुनसक्छ । काममा व्यस्त रहनेछ । सहकर्मीबाट सहयोग मिल्नेछ । कुनै पनि धार्मिक कार्यक्रममा भाग लिन सकिनेछ । निर्णय लिन हतार नगर्नुहोस् कसैलाई धेरै विश्वास नगर्नुहोस्। करियरमा प्रगति हुने संकेत छ । सहकर्मीहरूबाट सहयोग प्राप्त हुनेछ र योजनाहरू समयमै पूरा हुनेछन्। व्यापारमा पुरानो सम्पर्कबाट लाभ उठाउन सकिनेछ । वैदेशिक स्रोतबाट पनि आर्थिक लाभ हुने सम्भावना छ । व्यापारमा मन्दी भएता पनि आफ्नो काम राम्ररी सम्पन्न हुनेछ।

विज्ञहरूको सल्लाह लिनु तपाईंको हितमा हुनेछ। तपाईं आफ्नो रचनात्मक क्षमता कुशलतापूर्वक प्रयोग गर्न सक्षम हुनुहुनेछ। सोचेर काम गर्नुहोस् र आफ्नो अधिकार बारे सचेत हुनुहोस्। घरपरिवारबाट राम्रो सहयोग मिल्नेछ । धैर्य र समझदारीले काम गर्नु राम्रो हुनेछ। तपाईंको कुनै पनि मनोकामना पूरा हुन सक्छ। उच्च सम्मानित व्यक्तिहरूसँग सुमधुर सम्बन्ध रहनेछ। आफ्नो भावनालाई नियन्त्रण गर्नुहोस् र हतारमा निर्णय नगर्नुहोस्। यात्रा गर्दा सावधान रहनुहोस्।

उपाय- ॐ गम गनपताय नम १०८ पटक नियमित जप गर्नुहाेस् । बुधबारको दिन गणेशजीलाई दुबो चढाउनुहाेस् ।

धनु राशि

यो साता सफल रहनेछ । सोमबार र मंगलबार भाग्यले साथ दिनेछ । इष्टमित्रबाट सहयोग मिल्नेछ र धार्मिक चाडपर्वमा सहभागी हुनुहुनेछ । व्यापार व्यावसायको विस्तार हुनेछ । व्यवस्थापन र कानुन व्यवसायीहरूका लागि साता निकै प्रगतिशील साबित हुनेछ। नयाँ रोमान्टिक सम्बन्ध सुरु हुन सक्छ। तपाईंका सबै आवश्यकताहरू सजिलै पूरा हुनेछन्। नयाँ व्यापार सुरु गर्नको लागि यो समय एकदमै अनुकूल छ। मंगलबारपछि साताका सबै दिनहरू तपाईको लागि शुभ रहनेछन्।यो साता आर्थिक उन्नति हुनेछ । नयाँ अवसर प्राप्त हुन सक्छ ।

नवरात्रिको पवित्र समयमा तपाईको निर्णयमा आत्मविश्वास बढ्नेछ, जसले कार्यस्थलमा गर्नेछ । मानसिक तनावबाट टाढा रहनुहोस्, नियमित योग गर्नुहोस्। आलस्यबाट बच्नुहोस् । जीवनसाथीप्रति प्रेम र आकर्षण दुवै बढ्नेछ। क्रोध र अहंकारबाट टाढा रहनुहोस् । कुनै पनि विवादमा फस्नबाट जोगिनुहोस्।तपाईको स्वास्थ्य धेरै राम्रो रहनेछ। तपाईंको लागि यो साता सामान्य रहनेछ। तपाईंले कार्यस्थलमा चुनौतीहरूको सामना गर्नुपर्ने हुन सक्छ, तर तपाईंले सही समयमा समाधान पाउनुहुनेछ। कार्यस्थलमा सदस्यसँग मतभिन्नता हुन सक्छ, तर धैर्यता कायम राख्नुहोला।

उपाय- सोमबारको दिन शिवलिंगमा जल अर्पण गरी शिव मन्त्रको जप गर्नुहोस्।

मकर राशि

यो साता सामान्य रहनेछ । तपाईंले कार्यस्थलमा चुनौतीहरूको सामना गर्नुपर्ने हुन सक्छ, तर तपाईंले सही समयमा समाधान पाउनुहुनेछ । कार्यस्थलमा सदस्यसँग मतभिन्नता हुन सक्छ, तर धैर्यता कायम राख्नुहोला।यो साता करियरमा सफलताको नयाँ अवसर आउन सक्छ । तपाईंको नेतृत्व क्षमताको प्रशंसा हुनेछ। व्यापारमा नयाँ लगानीका लागि समय अनुकुल छ । पर्यटन सम्बन्धी आफ्नो करियरमा उत्कृष्ट नतिजा प्राप्त हुनेछ। मार्केटिङ सम्बन्धी व्यवसायमा राम्रो आर्थिक लाभ मिल्नेछ। आर्थिक लाभ हुने संकेत छ तर खर्चमा नियन्त्रण राख्नुहोला।

तपाईं आफ्नो रचनात्मक ऊर्जा कुशलतापूर्वक प्रयोग गर्न सक्षम हुनुहुनेछ । तपाईंको एकाग्रता बढ्नेछ । आफ्नो प्रियजनप्रति आफ्नो व्यवहार सकारात्मक राख्नुहोस्। साथीभाइ र परिवारसँग राम्रो समय बित्नेछ। सुख र सन्तुष्टि मिल्नेछ। तपाईंको मेहनत र दक्षता बढ्नेछ। प्रतिष्ठित व्यक्तिहरूसँगको सम्बन्ध प्रगाढ हुनेछ।साथीभाइबाट धोका हुन सक्छ । मानिसहरूसँग आफ्नो गोप्य कुराहरू साझा नगर्नुहोस्।

उपाय- हनुमान चालिसाको नियमित पाठ गर्नुहाेस् । आइतबारको दिन सूर्यदेवलाई जल अर्पण गरी गरिबलाई भोजन दान गर्नुहोस् ।

कुम्भ राशि

यो साता तपाईंका लागि सधैं अनुकूल रहनेछ । आत्मबल बढ्नेछ र साहसिक कार्यमा रुचि बढ्नेछ । कमिशन र बीमामा राम्रो आर्थिक लाभ प्राप्त गर्न सक्नुहुन्छ। घरजग्गा व्यवसायीले नयाँ योजना हात पार्न सक्नेछन् । आर्थिक समस्या हट्नेछ । न्यायिक मामिलामा उत्कृष्ट सफलता मिल्नेछ। कार्यस्थलमा अधिक कामको दबाब आउन सक्छ, जसका कारण तपाईले मानसिक रूपमा थकान महसुस गर्नुहुनेछ। कसैसँग विवाद हुन सक्छ, जसले तनाव बढाउन सक्छ ।

पैसाको मामिलामा सावधान रहनुहोस्, अनावश्यक खर्चबाट बच्नुहोला। तपाईंले यो हप्ता काममा थप जिम्मेवारीहरू पाउन सक्नुहुन्छ । आफ्ना योजनाहरू व्यवस्थित रूपमा कार्यान्वयन गर्ने प्रयास गर्नुहोस्। व्यापारमा ठूलो कुरा हुन सक्छ जसले आर्थिक स्थिति सुदृढ बनाउँछ । आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्, विशेष गरी मानसिक र शारीरिक थकानबाट बच्नुहोला।

उपाय- हनुमान चालिसाको नियमीत पाठ गर्नुहाेस् । आइतबार सूर्यलाई जल चढाउनुहाेस् ।

मीन राशि

मीन राशिका व्यक्तिहरूले मंगलबारसम्म विरोधको सामना गर्नुपर्नेछ । आम्दानीमा सुधार होला तर विवादबाट जोगिनुपर्नेछ । यो साता, साझेदारीमा काम गर्ने व्यक्तिहरूले तपाईंलाई मद्दत गर्नेछ, ताकि तपाईंका परियोजनाहरू छिटो पूरा गर्न सकिन्छ, तपाईंले कार्यस्थलमा आफ्नो कडा परिश्रमको फल पाउनुहुनेछ र तपाईंका वरिष्ठहरूले तपाईंको प्रशंसा गर्नेछन्। याे साता तपाईको करियर र व्यवसायिक जीवन स्थिरतातर्फ अघि बढ्नेछ ।

केही नयाँ अवसरहरू तपाईंको बाटोमा आउन सक्छन्, दाम्पत्य सम्बन्धमा मधुरता रहनेछ। आर्थिक लाभको स्थिति बलियो छ। नयाँ योजनाहरु सफल रुपमा कार्यान्वयन गर्न सकिनेछ । कार्यस्थलमा तपाईको निर्णयको प्रशंसा हुनेछ। साझेदारी कार्यमा लाभ हुनेछ। व्यापारमा अनियमितता हुन सक्छ सावधान रहनु होला ।।तपाईंले कुनै पनि परिस्थितिमा ऋण दिनबाट जोगिनु पर्छ।यो साता आफ्ना भावनाहरू सही ढंगले व्यक्त गर्नुहोस्, अन्यथा गलतफहमी उत्पन्न हुन सक्छ। आफ्नो सम्बन्धलाई राम्रो बनाउनको लागि, कुनै पनि प्रकारको विवाद वार्ताबाट समाधान गर्ने प्रयास गर्नुहोस्।

उपाय- भगवान विष्णुको पूजा गर्नुहाेस्, ॐ नमो भगवते बासुदेबाय मन्त्रको नियमित जाप गर्नुहाेस् ।

Logo