बखतबहादुर शाहीको ‘भ्या’ लोकार्पण, पुस्तकमा कर्णालीको चित्रण

बखतबहादुर शाहीको ‘भ्या’ लोकार्पण, पुस्तकमा कर्णालीको चित्रण

केन्द्रबिन्दु
196
Shares

काठमाडौं । साहित्यकार बखत बहादुर शाहीको कर्णालीको धर्म र संस्कृतिमा आधारित सामाजिक उपन्यास ‘भ्या’ काठमाडौंको संवाद डबलीमा शनिबार लोकार्पण गरिएको छ ।

समारोहमा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवन बहादुर शाही, सभासद रिता शाही, सांसद प्रतिमा गौतम, समिक्षक राजकुमार बानिया, शंकर तिवारी, सुमन वर्षा लगायतले लोकार्पण गरे । तेस्रो साहित्यिक कृति ‘भ्या’ को लोकर्पण गर्दै कर्णाली प्रदेश पूर्वमुख्यमन्त्री शाहीले कर्णाली हरेक हिसाबले धनी रहेको बताए ।

कर्णालीको वास्तविक रुप उपन्यासमा चित्रण भएकाले ऐतिहासिक कृति रहेको शाहीले बताए । समिक्षक राजकुमार बानियाले उपन्यास गैरआख्यान जस्तो प्रमाणित हुम्ला र कर्णालीको समाजलाई बुझ्न सघाउने बताए ।

समिक्षक सुमन वर्षाले पुस्तकलाई अध्ययन गरेपछि हुम्ला र कर्णालीका महिलाहरुको वास्तविकता चित्रण भएको तथा त्यसभित्र सकारात्मक र नकारात्मक दुवै पक्ष झल्किएको बताइन् ।

समिक्षक शंकर तिवारीले उपन्यासले हुम्लाको भाषा र संस्कृतिक पक्षलाई उजागर गरेको एवम सबैले अध्ययन पश्चात कर्णालीको वास्तविक समाज बुझ्न सघाउ पुग्ने बताए ।

लेखक बखतबहादुर शाहीले पुरानो धर्म, संस्कार र संस्कृतिले समाजलाई नैतिकवान बनाउने कडी रहेको बताउँदै कर्णालीवासीहरु अन्य भन्दा नैतिकवान हुने जिकिर गरे । शिखा बुक्सद्वारा प्रकाशित उपन्यासको मुल्य ५२५ रहेको छ । लोकार्पण समारोहमा रिता शाही, प्रतिमा गौतम, मनोजमाणी आचार्यले शुभकामना व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन मोतिराज बमले गरेका थिए ।

Logo