‘रविन्द्र र मेरो मायाको सम्बन्ध राजनीतिले जोड्यो’- विद्या भट्टराई

‘रविन्द्र र मेरो मायाको सम्बन्ध राजनीतिले जोड्यो’- विद्या भट्टराई

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निवास, पोखरामा आज श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिएको छ ।  मन्त्री अधिकारीको सातौ दिनको पुण्य तिथीमा श्रद्धाञ्जलि सभा आयोजना गरिएको हो।

कार्यक्रममा  नेकपा गण्डकी प्रदेशका सहइञ्चार्ज एवं पूर्वमन्त्री खगराज अधिकारी,  नेकपा गण्डकी प्रदेशका अध्यक्ष एवं पूर्वमन्त्री हितराज पाण्डे, नेकपा कास्कीका संयन्त्र सदस्य एवं प्रदेशसभा सांसद दीपक कोइराला, संयन्त्र सदस्य एवं प्रदेशसभा सदस्य कृष्णबहादुर थापा र दामोदर बैरागी, पार्टीका गण्डकी प्रदेश इञ्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सह–इञ्चार्ज खगराज अधिकारी, गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे, स्थायी कमिटी सदस्यद्वय सोमनाथ अधिकारी प्यासी र किरण गुरुङ, स्वर्गीय अधिकारीका बुबा इन्द्रप्रसाद, आमा लक्ष्मीदेवी अधिकारी, धर्मपत्नी विद्या भट्टराई छोराहरु विराज र स्वराज, नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री यज्ञबहादुर थापालगायत उपस्थित थिए।

कार्यक्रममा स्व.मन्त्री अधिकारीकी पत्नी बिध्या भट्टराईले पनि सम्बोधन गरेकी छन्।

सम्बोधनको सम्पादित अंश

हाम्रो परिवारको लागि मात्र होइन आज एउटा सिङगो देशले रविन्द्रको अभाव ब्यहोरीरहेको छ । त्यसैले हाम्रो परिवार आज एक्लो छैन् भन्ने हामीलाई लागेको छ । हाम्रो परिवारसँग देश छ, पार्टी छ, र आम जनसमुदाय हुनुहुन्छ ।

त्यसले गर्दा पनि त्यहि ढाडसले म आज यहाँहरुको अगाडि आएर उभिइरहेको छु र बोलिरहेको छु । सायद त्यो हामीले प्राप्त गरेका थिएनौ भने म यहाँ आएर उभिने पनि समर्थ मसँग हुँदैनथ्यो । अकल्पनीय कुरा व्यहोरीरहदा खेरी हामी सबै दु:खी छौं । तर मैले के देखिरहेको छु भने पार्टीले हामीलाई यति धेरै विश्वास दिएको छ कि सिङगो पार्टीले उहाको सपनालाई, उहाँको विचारलाई भोलि बाकेर अगाडि बढनेछ भन्ने त्यो अनुभुत आज हामीले गरिरहेका छौं ।

त्यसकारण अब हामीले गुमेको कुरालाई भन्दा पनि उहाँको विचार र उहाँले व्यक्त गरेका अभिलाषाहरु, उहाँका उद्देश्यहरुलाई पूरा गर्नका लागि सिङगो पार्टी लाग्नेछ , सरकार लाग्नेछ र त्यसमा परिवारका सानो एउटा इकाइ हो । यसको साथ पनि पार्टीसँग रहनेछ भन्ने एउटा विश्वास पनि म व्यक्त गर्न चाहन्छु ।

म केहि थोरै कुरा मात्र भन्न चाहन्छु । रविन्द्रजी को राजनितिज्ञ जीवनमा म अलि पछाडि मात्र जोडिए।  आमा बुवाको माया, साथ र आमा बुवाले जेठो छोरालाई राजनीतिमा होमिन दिनु भएको त्यो योगदान मैले सधैं कदर गर्छु । त्यति मात्र होइन आजको उहाँको राजनीतिक उचाइको लागि आमा बुवाले जुन योगदान दिनु भएको छ। हामी सबैको लागि अत्यन्त सहरानीय छ भन्ने मलाई लाग्छ ।

भाईहरु जसले एउटा राजनीतिज्ञ परिवार भित्रको अभावलाई पूरा गर्नको लागि खेल्नु भएको भूमिका, बहिनी जसले दाईको मायालाई पनि सधै भरि साथ दिने जुनसुकै पारिवारिक अवस्थामा पनि सहयोग गर्ने भूमिका खेल्नु भएको छ।

आजको रविन्द्रको परिवारको त्यो साथले पनि अगाडि बढाएको हो भन्ने मलाई लाग्छ यतातिर।  अनि अर्कोतिर हिजो म आफू उहाँ र मेरो सम्बन्ध राजनीतिले जोड्यो । माया राजनीतिले जोड्यो।  जब म विवाह गरे दुबै जना राजनीतिमा लागिरहदा पारिवारिक व्यवस्थापनलाई एक खालको अप्ठ्यारो पार्न सक्छ यसकारण म आफूले प्राज्ञिक क्षेत्रमा लाग्दा राम्रो हुन्छ।  उहाँको राजनितिमा मैले उहाँलाई साथ दिए भने म अब्बल भएर निस्कन पनि सजिलो होला भन्ने मैले महसुस गरे ।

उहाँसँगको एउटा उत्कृष्ट अब्बल र परिणाममुखी भएर अगाडि बढनुपर्छ भन्ने सोच थियो। त्यो साचलाई हामी सबैको साथ र सहयोगले आज हामीले एउटा ऊर्जा प्राप्त गरेका छौं भन्ने लाग्छ । यति भन्दै, म नेपाल सरकार, मन्त्रीपरिषद र पार्टी केन्द्रीय कमिटी, गण्डकी प्रदेश सरकार, महानगर, स्थानीय तहहरु, पार्टीका प्रदेश जिल्ला र स्थानीय कमिटीहरु, विभिन्न पार्टी र पार्टीका नेताहरु, बिद्यार्थी युवा तथा सम्पूर्ण जन संगठनहरु, सुरक्षा निकाय र जसले पटक पटक उहाँलाई सलामी गर्यो । उहाँलाई सम्मान दियो सेना, ससस्त्र, जनपथ प्रहरी, स्थानीय प्रशासन विभिन्न सामाजिक संघ संस्था र गैर सहकारी संघ संस्थाहरु र अन्त्येष्टिमा सहभागी सम्पूर्ण आदरणीय माहनुभावहरु, निवासमै आई समवेदना दिनुहुने सम्पूर्ण व्यक्तित्वहरु, आफन्तजन, इष्टमित्र तथा साथीहरुमा म आभारी व्यक्त गर्न चाहन्छु।

अन्तिममा म के भन्न चाहन्छु भने रविन्द्रजी को सपनालाई साकार बनाउने भूमिका पार्टीले खेलेको छ र खेल्नेछ।  त्यसमा हामी परिवार बिश्वस्त छौं । उहाँको अभियानलाई अझ सजिलो बनाउनलाई पार्टीलाई सहयोग र अभियानमा परिवारको साथ र सहयोग पनि सधै रहिरहनेछ भन्ने विश्वास व्यक्त गर्दै रविन्द्र स्मृति प्रतिष्ठान हामीले बनाउनुपर्छ कि भन्ने सोच लागेको छ । नेताहरु र पार्टीसँग सरसल्लाह गरेर मात्र ती कामहरु अगाडि बढाउने छौं ।

Logo