खोलाले बगाएका चौधरीको शव भेटियो

खोलाले बगाएका चौधरीको शव भेटियो

केन्द्रबिन्दु
42
Shares

झापा । किस्ने खोलाले बगाएर बेपत्ता भएका झापा कमल गाउँपालिका १ बस्ने ३५ वर्षीय टीकाराम चौधरी तीन दिनपछि मृत अस्थामा भेटिएका छन् ।

प्रहरी टोली र स्थानीयवासीले खोजतलास गर्ने क्रममा आज बिहान ८ः३० बजे आसपास चौधरीलाई मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार घटनास्थलदेखि करिब तीन किलोमिटर दक्षिण सोही खोलाको बगरमा बालुवाले पुरिएको अवस्थामा चौधरीको शव फेला परेको हो । अविरल वर्षापछि आएको बाढीले शुक्रबार चौधरी बेपत्ता भएका थिए । बाढीले जिल्लामा चौधरीसहित तीन जना बेपत्ता भएका थिए ।

यसमध्ये कचनकवलकी १५ वर्षीया बालिका नेहारिका राजवंशीको आइतबार र गौरीगञ्जका केमालाल ताजुरियाको शनिबार शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णबहादुर चन्दले बताए ।

Logo