दाउन्नेमा फेरि पहिरो, सात सय गाडी रोकिए

दाउन्नेमा फेरि पहिरो, सात सय गाडी रोकिए

केन्द्रबिन्दु
1.5k
Shares

काठमाडौँ । पृथ्वी राजमार्गको नवलपरासी पश्चिम खण्ड दाउन्नेमा पहिरोका कारण बिहान ५ः१० बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध छ ।

नवलपरासी पश्चिमकी प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठका अनुसार पुरानो ट्र्याकमा पहिरो झर्ने क्रम नरोकिएपछि नयाँ ट्र्याक खोल्ने काम थालिएको छ ।

यसका लागि अझै केही समय लाग्ने भएकोले राजमार्ग खुल्न अझै केही समय लाग्नेछ । पहिरोका कारण काठमाडौँ र पूर्वबाट पश्चिमतिर गएका झन्डै सात सय गाडी दाउन्नेमा रोकिएका छन् ।

Logo