क्षतिग्रस्त दक्षिणकाली मन्दिरलाई पुरानै अवस्थामा फर्काउने प्रयास

क्षतिग्रस्त दक्षिणकाली मन्दिरलाई पुरानै अवस्थामा फर्काउने प्रयास

केन्द्रबिन्दु
980
Shares

दक्षिणकाली(काठमाडौं)। गत शुक्रबार र शनिबार गएको भिषण बाढी पहिरोमा काठमाडौंस्थित दक्षिणकाली मन्दिरमा ठूलो क्षति भएपछि स्थानीय सरसफाइ र संरक्षणमा जुटेका छन् ।

वडादशैंमा भीडभाड हुने मन्दिर परिसरका अधिकांश संरचना भत्किएको र लेदो माटो पसेकाले स्थानीय जनप्रतिनिधिको अगुवाइमा सरसफाइ गरिएको छ । उक्त कार्यका लागि नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीले पनि साथ दिएका छन् ।

बाढीले मन्दिर परिसरमा लेदो माटो जमेर दर्शन गर्न असहज भएको थियो । तर शनिबार सरसफाइ गरेपछि केही सहज भएको छ । नगरप्रमुख मोहन बस्नेतका अनुसार वर्षाका कारण कसैले पनि कल्पना नगरेको क्षति व्यहोर्नु परेकाले सबै मिलेर मन्दिर सफा गरेको जानकारी दिए ।

‘दशैँको अवसरमा भएको क्षति गम्भीर छ । यसमा सबैले धैर्यताका साथ विपद्लाई सामना गर्नुपर्ने अवस्था छ । नगरपालिका र समितिको संयुक्त प्रयासले गर्दा भक्तजन आउन सहज अवस्था भएको छ,’उनले भने,‘अपाङ्ग र ज्येष्ठ नागरिकहरुका लागि छिटो दर्शन गर्ने वातावरण मिलाएका छौं साथै औषधीको पनि व्यवस्था गरेका छौं ।’

नगरपालिकाको अधिकृत एवं दक्षिणकाली धार्मिक तथा सांस्कृतिक क्षेत्र विकास व्यवस्थापन समितिको कार्यकारी अधिकृत पेशल कुमार पोखरेलले मन्दिरलाई पहिलेकै अवस्थामा ल्याउने प्रयास भइरहेको बताए । नेपाल आर्मी, नेपाल प्रहरी लगायत विभिन्न संघ संस्था, स्वंमसेवक र हामी सबै मिलेर पाँच दिन यता सरसफाइमा जुटिरहेको उनले जानकारी दिए ।

दक्षिणकाली–६ का वडाध्यक्ष शैलेसमान मानन्धरले नगरपालिका, वडा कार्यालय, व्यवस्थापन समिति, नेपाली सेना, नेपाल प्रहरी, नगर प्रहरी र भक्तजनहरुको सहयोगमा बाटो खुलाउने र फोहोरहरु सफा गरेर मन्दिर सुचारु गरिसकेको जानकारी दिए ।

Logo