करेन्ट लागेर बुबाको मृत्यु, छोरा गम्भीर घाइते

करेन्ट लागेर बुबाको मृत्यु, छोरा गम्भीर घाइते

केन्द्रबिन्दु
0
Shares

सप्तरी

खडक नगरपालिका–९ मा बुधबार करेन्ट लागेर ३५ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको छ । उनका छोरा १२ वर्षीय कृष्ण गम्भीर घाइते भएका छन् ।

वीरेन्द्रको उपचारका क्रममा सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । घाइते कृष्णको सोही अस्पतालमा उपचार भइरहेको छ । घर बनाउनका लागि फलामे छड ठाडो पार्ने क्रममा उक्त छडले बिजुलीको तारमा छुन गई बुबाछोरालाई करेन्ट लागेको थियो ।

दम्पती हत्याराबारे जानकारी लिँदै

साह दम्पतीको हत्या घटनाबारे जानकारी लिन प्रदेश नं २ का प्रहरी नायब उपरीक्षक हरिबहादुर पाल आज घटनास्थल पुग्नुभएको छ । खडक नगरपालिका–५ खरचुहियाका ७५ वर्षीय सबुरी साह र उनकी श्रीमती ६५ वर्षीया बेचनी देवीको मंगलबारभएको हत्याबारे जानकारी लिन डिआइजी पाल घटनास्थल पुग्नुभएको हो । उहाँले हत्यारा चाँडै पत्ता लाग्ने बताउनुभयो ।

“अपराधी पत्ता लगाउन प्रहरीले शुरुआतदेखि नै सूक्ष्म रुपले अनुसन्धान गरिरहेको छ”, उहाँले भन्नुभयो । पूर्णरुपले शरीर जलेको अवस्थामा साह दम्पतीको शव उनीहरु सुत्ने कोठामा भेटिएको थियो । घटनाको अनुसन्धान गर्न प्रदेश नं २ को प्रदेश प्रहरी कार्यालय जनकपुरको अनुसन्धान टोलीसमेत खटिएको छ ।

साह दम्पतीको शव विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार शवपरीक्षण गरी कोशी ब्यारेजमा अन्त्येष्टि गरिएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिनुभयो ।
रासस

Logo