जेनेस सलुशनबाट विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

जेनेस सलुशनबाट विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बेलायतमा मुख्यालय रहेको कम्पनी जेनेस सलुशनले लियो क्लब अफ काठमाडौँ बिशाल बजारसंग सहकार्य गरी नुवाकोटस्थित कालिका आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।

जेनेस सलुशनको काठमाडौँ कार्यालयमा कार्यरत कर्मचारीहरुले उठाएको रकमबाट कापी, कलम, पेंसिल, इरेजर लगायतका शैक्षिक सामग्री किनेर कालिका आधारभूत विद्यालयमा कक्षा १ देखि ६ मा अध्ययनरत ६० जना विद्यार्थीहरुलाई प्रदान गरिएको छ । लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ एलका उपाध्यक्ष सुलभ थकालीले विद्यालयसम्म शैक्षिक सामग्री पुराउन सहयोग गरेका थिए ।

उक्त विद्यालयका प्रधानाध्यापक मधुसूदन पौडेलले शैक्षिक सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गरे। उनले विद्यार्थीहरुलाई जाडोमा लगाउन न्यानो कपडा आवश्यक रहेकाले अन्य दाताहरुलाई सहयोगका लागि आग्रह पनि गरे ।

जेनेस सलुशनले सामुदायिक विद्यालयका विद्यार्थीहरुको शैक्षिक उन्नयनमा सघाउने आफ्ना कर्मचारीहरु तथा लियो क्लब अफ काठमाडौँ बिशालबजारलाई हार्दिक धन्यवाद दिएको छ ।

Logo