रुकुम पश्चिम जाँदै गरेको गाडी ब्रेकफेल हुँदा दुर्घटनाः १६ जना घाइते

रुकुम पश्चिम जाँदै गरेको गाडी ब्रेकफेल हुँदा दुर्घटनाः १६ जना घाइते

केन्द्रबिन्दु
308
Shares

काठमाडौँ । नेपालगन्जदेखि रुकुम पश्चिम जाँदै गरेको गाडी दुर्घटना भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानले दिएको जानकारी अनुसार लु २ ख ५००२ नम्बरको गाडी ब्रेकफेल भई सल्यानको कुमाख गाउँपालिका–३ स्थित चौरजहारी सडकमा भित्तामा ठोक्किन पुगेको हो ।

गाडीमा २० जना सवार रहेका थिए । दुर्घटनापछि चालक सल्यान कुमाख ३ बस्ने २२ वर्षीय बसन्त बुढाथोकी फरार रहेका छन् ।

Logo