सरकार र यातायात व्यवसायीको मनोमानीको शिकार बन्दै यात्री, एउटै सिटमा दुई यात्री, प्रहरी मुकदर्शक[भिडियाेसहित]

सरकार र यातायात व्यवसायीको मनोमानीको शिकार बन्दै यात्री, एउटै सिटमा दुई यात्री, प्रहरी मुकदर्शक[भिडियाेसहित]

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । दसैंको मुखमा आएको बाढी पहिरोले काठमाडौं उपत्यकाबाट बाहिरिने अधिकांश नाकाहरु बन्द भएपछि यस वर्ष दसैंमा आफ्नो गृह जिल्ला जाने कि काठमाडौँनै बस्ने भन्ने अन्योलताका विच १२ दिनको अवधिमा करिव साढे सात लाख मानिसले उपत्यका छोडेको देखिएको छ ।

विपद्को डर र दशैँको उत्साहका विच मानिसहरु दशैँ मनाउन आफ्नो गृह जिल्ला जाने क्रम बढिरहेकै छ । वर्षदिनमा आउने महान चाडमा पनि सडक अवरुद्धका कारण आफ्नो जन्मथलो फर्किन नपाउँदा कतिमा भिन्नै पिडाबोध भएको अवस्था रहेको छ भने कति मानिसहरुले डर कै विच यात्रा गर्ने निर्णय गरेको देख्न सकिन्छ । अघिल्ला बर्षका तुलनामा उपत्यका छोड्ने व्यक्तिहरुका तुलनामा यो अत्यन्तै न्युन रहे पनि मानिसहरुको उपत्यका छोड्ने क्रम भने रोकिएको छैन यसै सन्दर्भमा केन्द्रविन्दु टोलीले गंगबुस्थित नयाँ बसपार्कको रिपोर्टिङ गरेको छ।

आफ्नो घर, परिवार, इष्ट मित्रहरुसँगको भेटघाट र खुशीयाली सम्झिदै दसैं मनाउन घर जाने क्रममा रहेका सर्वसाधारणसँग केन्द्रविन्दु टोलीले भलाकुसारी गरेको छ ।

Logo