ट्याक्टरले किच्दा कञ्चनपुरमा १ जनाको मृत्यु

ट्याक्टरले किच्दा कञ्चनपुरमा १ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर । ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । महाकाली नदीमा गिट्टी चाल्ने काम गर्दै आएका मजदुर भीमदत्त नगरपालिका १२ भुजेलाका ४० वर्षीय दिनेश तिरुवाको ट्याक्टरले किच्दा मृत्यु भएको हो ।

भीमदत्त नगरपालिका १२ ऐरी महाकाली घाटमा से १ त ३६५० नम्वर को ट्याकटर ऐरीघाटबाट वालुवा बोकेर घर फर्किदा ट्याक्टरमा चढ्ने क्रममा चिप्लिएर लड्दा किचेको थियो ।

मृतक तिरुवा सोही स्थानमा वालुवा छान्ने काम गर्दै आएका थिए । घटनापछि भिनपा १७ बासखेडाका ट्याक्टर चालक लाल सिहं धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकका ५ छोरी र दुई छोरा छन् ।

Logo