रेणु दाहालमाथि गम्भीर आरोप, मेयरमा जिताएर भुल गरेको दावी

रेणु दाहालमाथि गम्भीर आरोप, मेयरमा जिताएर भुल गरेको दावी

केन्द्रबिन्दु
0
Shares

भरतपुर महानगरकी प्रमुख रेणु दाहालमाथि भ्रष्टाचारको आरोप लागेको छ । भरतपुर महानगरकी उपप्रमुख पार्वती शाह ठकुरीले महानगरभित्र चरम भष्टाचार गरेको आरोप लगाएकी हुन् ।

मंगलबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी उपप्रमुख शाहले महानगरले खरिद विक्रिका काममा विधि र प्रक्रिया मिचेको, अनुगमन प्रभावकारी नभएको, सरकारी सवारीसाधनको जथाभावी प्रयोग हुने गरेको दाबी गरेकी हुन् ।

महानगरलाई आवश्यक सामान खरिद विक्रि गर्दा सार्वजनिक खरिद ऐन अनुसार प्रक्रिया पुरा गरि जवाफदेही र पारदर्शी बन्न आफुले पटक पटक ध्यानाकर्षण गराउदा पनि महानगर प्रमुखले त्यसलाई वेवास्ता गरेको उनको दाबी छ । २४ औ बैठक सम्म आईपुग्दा पनि प्रमुखकै कारण महानगरमा लेखा समिति र जिन्सि समिति गठन हुन नसकेको उनको आरोप छ ।

महानगर प्रमुखको निर्देशनमा चल्ने हो प्रमुखले एकलौटी निर्णयका आधारमा महानगरका गतिविधि संञ्चालन हुदै आएको दावी गरिन् । पत्रकार सम्मेलनमा उनले महानगरमा भएका अनियमितता, कर्मचारीमाथि हुने गरेको विभेद तथा सरकारी सवारी साधनको दुरुपयोग लगायत १२ बुँदे फेयरिस्त प्रस्तुत गरेकी थिईन् ।

महानगरका अनियमितता बारे कुरा राख्दा आफु असुरक्षित बन्दै गएको उनको भनाई छ । सामाजिक सञ्जालमा ज्यानमार्ने धम्की आएको बारे जानकारी गराउदा प्रमुखले कुनै प्रतिक्रिया नजनाएकाले यसलाई नियोजित आक्रमणको रुपमा आफुले बुझेको बताईन् ।

Logo