लमजुङमा जीप दुर्घटना हुँदा १९ जना यात्रु घाइते

लमजुङमा जीप दुर्घटना हुँदा १९ जना यात्रु घाइते

केन्द्रबिन्दु
168
Shares

लमजुङ । लमजुङमा जीप दुर्घटना भएको छ । बेँसीसहर नगरपालिका ६, मकैडाँडामा यात्रुबाहक जीप दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

बेँसीसहर नगरपालिका ६ को सारिङबाट बेँसीसहरतर्फ आउँदै गरेको ग १ ज ८५५१ नम्बरको जीप आइतबार बिहान सवा ११ बजेतिर मकैडाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जीप ओरालो सडकको मोड काट्न नसकेर भित्तमा गएर ठोक्किन पुगेको प्ररम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

Logo