धमाधम बन्दै वीपी राजमार्ग, आज साँझदेखि ठुला गाडी पनि चल्ने

धमाधम बन्दै वीपी राजमार्ग, आज साँझदेखि ठुला गाडी पनि चल्ने

केन्द्रबिन्दु
686
Shares

काठमाडौं। अविरल वर्षासँगैको पहिरोका कारण क्षतिग्रस्त बनेको वीपी राजमार्गमा मंगलबारदेखि रुट अनुमति लिएका गाडीहरु चल्ने भएका छन् ।

सडक डिभिजन भक्तपुरका अनुसार क्षतिग्रस्त राजमार्गमा नयाँ ट्र्याक खुलाएर केहीदिन अघिदेखि साना सवारीसाधन चल्न दिइएकोमा आजदेखि ठुला सवारीसाधन चलाउन दिन लागिएको हो । आज साँझसम्म डाइभर्सन सुधार गरेपछि अनुमति प्राप्त सवारी साधनलाई सावधानीपूवर्कक सञ्चालन गर्न दिइनेछ ।

रातको समयमा भने सुख्खा पहिरो झर्ने जोखिम रहेकाले यात्रा नगर्न समेत सडक डिभिजनले आग्रह गरेको छ ।

Logo