पौडी खेल्ने क्रममा बेपत्ता बालिका मृत फेला

पौडी खेल्ने क्रममा बेपत्ता बालिका मृत फेला

केन्द्रबिन्दु
70
Shares

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ खानीस्थित मैवाखोलामा पौडी खेल्ने क्रममा बेपत्ता एक बालिका आज मृत फेला परेकी छिन् ।

बेपत्ता भएकी १२ वर्षीया आइतरानी शेर्पा आठराई त्रिवेणी गाउँपालिका–४ ओडारेमा मृत भेटिएकी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।

यही असोज १८ गते पौडी खेल्ने क्रममा शेर्पासँगै स्थानीय ११ वर्षीय सन्देश बराइली पनि बेपत्ता भएका थिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Logo