बारामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

बारामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

केन्द्रबिन्दु
84
Shares

बारा । बाराको कोल्हवी नगरपालिका–२ का ६३ वर्षीय हस्तबहादुर थोकरको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सोमबार बिहान ७ बजे सोही ठाउँको जङ्गलमा घाँस काट्ने क्रममा हात्ती देख्ने बित्तिकै भाग्न खोज्दा हात्तीले पछ्याइ थोकरलाई लछारपछार गरी मारेको हो ।

मृतक थोकरको शव कलैया प्रादेशिक अस्पतालमा परीक्षण गरिएको तथा अनुसन्धान सुरु गरिएको बारा प्रहरीले जनाएको छ । कोल्हवी क्षेत्रमा हात्तीको आक्रमणमा परी थोकरसहित ११ जनाले ज्यान गुमाएका छन् ।

Logo