दशैं मनाएर कर्मथलो फर्किन थाले गाउँ गएकाहरु [फोटोफिचर]

दशैं मनाएर कर्मथलो फर्किन थाले गाउँ गएकाहरु [फोटोफिचर]

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । २०८१ सालको वडादशैंको सार्वजनिक विदा सकिएसँगै गाउँ गएकाहरु काठमाडौं फर्किने क्रम शुरु भएको छ । पूर्वी नेपाललाई जोड्ने वीपी राजमार्ग र अरनिको राजमार्ग भएर काठमाडौं उत्रिनेहरुको भीड मंगलबार कोटेश्वरमा देखिएको छ ।

बाढी र पहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गमा मंगलबारबाट यसअघिजस्तै सवारी आवागमन खुल्ला गरिएपछि काठमाडौं आउनेहरुको चाप बढेको छ । अरनिको राजमार्ग पनि सहज भएको छ । मंगलबारदेखि बडादशैंका लागि भनेर दिइएको पाँच दिनको सार्वजनिक बिदा सकिएसँगै काठमाडौं जोडने कलंकी र कोटेश्वरमा यात्रुहरुको चाप देखिएको हो । कोटेश्वर र जडिवुटी क्षेत्रमा सवारी जाम समेत सुरु भएको छ ।

पछिल्लो २४ घण्टामा ४८ हजार छ सय जना यात्रुहरु काठमाडौं उपत्यका भित्रिएको ट्राफिक प्रहरी कार्यालयले तथ्यांक छ ।

Logo