हनी ट्र्याप प्रकरणमा निलम्बित इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी

हनी ट्र्याप प्रकरणमा निलम्बित इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी

केन्द्रबिन्दु
154
Shares

काठमाडौं । हनी ट्र्याप प्रकरणमा ललितपुर प्रहरी प्रभाग भैंसेपाटीकी निलम्बित प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

एक जना व्यवसायीलाई बलात्कारको मुद्दामा फसाउने भन्दै ३० लाख रुपैयाँ लेनदेन भएको घटनामा शाहीको समेत संलग्नता देखिएपछि प्रहरीले ललितपुर जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको हो। हाल उनी फरार छिन् ।

अहिलेसम्म यस घटनामा चार जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा सुष्मा विक, ताज मुल इस्लाम, भिमादेवी थापा र प्रहरी सहायक हवल्दार महेन्द्र हमाल छन्।

Logo