आफ्नै घरमा सुतिरहेकी ८१ वर्षीया वृद्धा बलात्कृत

आफ्नै घरमा सुतिरहेकी ८१ वर्षीया वृद्धा बलात्कृत

केन्द्रबिन्दु
0
Shares

म्याग्दी । एक ८१ वर्षीया बृद्धा आफ्नै घरमा सुतिरहेको बेला बलात्कृत भएकी छन् । रघुगंगा गाउँपालिकाकी ८१ वर्षीया वृद्धालाई स्थानीय ३३ वर्षीय गोरे दर्जीले बलत्कार गरेका हुने । कान नसुन्ने र बोल्न पनि नसक्ने बृद्धालाई राति सुतिरहेको बेला घरमै गएर दर्जीले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पीडित वृद्धाका आफन्तहरुकाअनुसार राति उनीमात्रै सुतेको घरभित्रबाट अस्वभाविक आवाज सुनिएपछि छेवैको घरमा बस्ने नातिनीले हेर्दा बलत्कार गर्न लागेको देखेपछि छिमेकीलाई खबर गरेकी थिइन् । बलत्कारपछि दर्जी भाग्न लाग्दा स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।

अशक्त वृद्धालाई आफन्तले बोकेर स्वास्थ्य परिक्षणका लागी जिल्ला अस्पताल र निवोदनका लागी जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लोकबहादुर गुरुङले आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जानकारी दिए ।

Logo