मोटरसाइकल जोगाउन खोज्दा सप्तरीमा बस दुर्घटनाः एक महिलाको मृत्यु, २६ जना घाइते

मोटरसाइकल जोगाउन खोज्दा सप्तरीमा बस दुर्घटनाः एक महिलाको मृत्यु, २६ जना घाइते

केन्द्रबिन्दु
350
Shares

सप्तरी । कञ्चनरूप नगरपालिका बरमझियामा आज बिहान बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी आठ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ ।

घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ । दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको हो । उदयपुरको गाईघाटबाट काँकडभिट्टा गइरहेको बस विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको हो ।

Logo