बालिका हत्यामा संलग्नलाई कडा कारवाही गर्न माग

बालिका हत्यामा संलग्नलाई कडा कारवाही गर्न माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

दलित नागरिक समाजले धनुषाकी ११ वर्षीया दलित बालिका रेश्मा रसाइलीको हत्यामा संलग्न दोषीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने माग गरेको छ ।

दलित नागरिक समाजका तर्फबाट दलित गैरसरकारी संस्था महासङ्घ (डिएनएफ) का महासचिव जेवी विश्वकर्माले विज्ञप्ति जारी गरी पीडित परिवारलाई क्षतिपूर्तिसहित दोषीमाथि कडा भन्दा कडा कारवाही गर्नका लागि प्रदेश सरकार र सङ्घीय सरकारसँग जोड्दार माग गर्नुभयोे ।

धनुषा जिल्ला मिथिला नगरपालिका–३ हरिहरपुरको मगरटोलकी देवनारायण रसाइलीकी ११ वर्षीया छोरी रेश्मा रसाइलीको हत्या गरी उखुबारीमा आधा जलाइएको अवस्थामा फागुन २ गते बिहान शव फेला परेको थियो । अघिल्लो दिन छिमेकीको बिहेमा गएकी रसाइली बिहान बीभत्स रुपमा मृत फेला परेकी हुन् । रसाइलीलाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले धनुषा बटेश्वर–४ स्थित काकाको घरमा बस्ने २२ वर्षीया ‘हाम्ली डन’ भनिने निरज जर्घामगरलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनामा संलग्न दोषीलाई कडा कारवाही हुनुपर्ने माग गर्दै दलित नागरिक समाजमा आबद्ध दलित गैरसरकारी संस्था महासङ्घ (डिएनएफ) , समता फाउण्डेशन, दलित महिला उत्थान सङ्घ (एड्वान) र दलित महिला सङ्घ (फेडो) लगायतका सङ्घ÷संस्थाले मङ्गलबार बेलुका माइतीघर मण्डलामा एक घण्टा प्रदर्शन गरेका थिए ।
रासस

Logo