बझाङमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु, एक घाइते

बझाङमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु, एक घाइते

केन्द्रबिन्दु
0
Shares

बझाङ । बझाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १ जना घाइते भएका छन् । तमैल बजारबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको से६प ६४६६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा जयपृथ्वी नगरपालिका-१० का मोटरसाइकल चालक २३ वर्षीय पवन छत्याल र वडा नम्बर ७ का २२ वर्षीय प्रेम हमालको मृत्यु भएको उनीहरु दुवैजनाको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा परी आकाशबहादुर सिंह घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी प्रविण धितालले जानकारी दिए ।

घाइते सिंहले बुधबार बिहान होसमा आएपछि दुर्घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि मात्रै दुर्घटनाबारे प्रहरीले जानकारी पाएको हो ।

मंगलबार राति ११ बजे दुर्घटना हुँदा कसैले जानकारी पाउन सकेका थिएन् । मोटरसाइकल सडकबाट झण्डै ५० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् ।

Logo